देश निर्माण गर्न राज्यका तीनवटै अंगको गति एउटै हुनुपर्छ : सभामुख अर्याल « Khabarhub

देश निर्माण गर्न राज्यका तीनवटै अंगको गति एउटै हुनुपर्छ : सभामुख अर्याल


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले देश बनाउनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको गति एउटै हुनुपर्ने बताएका छन् । 

पूर्वसांसद मञ्चले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख अर्यालले कानून निर्माण गरेर देश निर्माण गर्न राज्यका तीन वटै अंगको गति एउटै हुनुपर्ने बताएका हुन् । 

मुलुकलाई आवश्यक नीति नियम बनाउन सबैको नियत सफा हुनुपर्ने उनले बताए ।

त्यस्तै सभामुख अर्यालले अग्रज पुस्ताहरूको अनुभव, अहिलेको नयाँ पुस्ता र वर्तमान पुस्ता मिलेर अघि जान सके देश बन्न धेरै समय नलाग्ने धारणा राख्नुभयो ।

उनले संघीय संसद्ले आगामी पचासौँ वर्षको भविष्यलाई हेरेर पुराना कानुनहरूको संशोधन या खारेज र नयाँ कानुनलाई अघि बढाउन विशेष ध्यान दिएको उल्लेख गरे ।

जनताका लागि बनाउने कानून व्यवहारिक हुनुपर्ने भन्दै सभामुख अर्यालले नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सवैबीच सहकार्य आवश्यक रहेको बताए ।  

उनले अहिले व्यवहारमा नमिलेका कानुनहरू धेरै देखिएकाले त्यसलाई समेत संशोधन गर्दै जानुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ५१ बजे

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही