रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू) « Khabarhub

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल थालेका छन् ।

पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा नगइदिँदा दबाबमा परेका लामिछानेले आफ्नो पार्टीका सांसदहरू बोलाएर एक्लै छलफल थालेका हुन् ।

लामिछानेसँग पहिलो चरणमा पार्टीका मधेश प्रदेशस्थित सांसदहरूले सामूहिक भेटघाट तथा छलफल गरेका हुन् ।

सांसदहरूबाट प्राप्त सल्लाह सुझावका आधारमा सभापतिले छलफल गर्ने गरी तालिका बनेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाका अनुसार शुक्रबार कोशी र मधेश प्रदेशका सांसदहरूसँग छलफल हुँदैछ ।

कोशीका सांसदहरूसँग बिहान ११ बजेदेखि १ बजेसम्म छलफल भएको छ। मधेशका सांसदहरूसँग दिउँसो साढे १ देखि साढे ३ सम्म छलफल भइरहेको छ।

तस्बिरहरू : रवि लामिछानेको सचिवालय

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ३ : ०१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,