वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता « Khabarhub

वनमन्त्री चौधरीसँग राजदूत पुजोलको भेटवार्ता


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोलले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्ता उनीहरूबीच कृषि आधुनिकीकरण, कृषि डिजिटलाइजेसन, गुणस्तरीय कृषि उत्पादन, जल व्यवस्थापन, जलवायु अनुकूल कृषि तथा द्विपक्षीय सहकार्य विस्तारका विविध विषयमा छलफल भएको थियो ।

भेटका क्रममा राजदूत पुजोलले सन् २०२७ मा हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का महानिर्देशक पदको निर्वाचनमा नेपाल सरकारको सकारात्मक समर्थन अपेक्षा गरिएको बताएका थिए ।

सो सम्बन्धमा मन्त्री चौधरीले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढाइने जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

राजदूत पुजोलले गुणस्तरीय कृषि उत्पादन, कृषि ट्रेसबिलिटी प्रणाली तथा कृषि क्षेत्रमा लगानी र प्रविधि आदानप्रदानका क्षेत्रमा स्पेन सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । 

उनले स्पेनको ज्वालामुखीय क्षेत्रमा विकसित वाइन उत्पादन, जैतुन तेलको ट्रेसबिलिटी प्रणाली, सुन्तला, सिट्रस तथा अङ्गुरखेतीका अभ्यासका साथै जल अभाव भएका टापु क्षेत्रमा रातको समयमा पानी उठाउने प्रविधिबारे जानकारी गराएका थिए ।

उनले स्पेनमा आयोजना हुने कृषि प्रदर्शनी तथा लगानी सम्मेलनहरूमा उत्पादक, लगानीकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहने जानकारी दिँदै नेपाललाई पनि यस्ता अवसरमा सहभागी हुन आग्रह गरे । साथै महिलासम्बन्धी एक अन्तरराष्ट्रिय सम्मेलनमा नेपाललाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा गरिएको जानकारी दिए ।

मन्त्री चौधरीले नेपाल सरकारले कृषि डिजिटलाइजेसन, युवा सशक्तीकरण तथा कृषि नवप्रवर्तनलाई प्राथमिकतामा राखी काम गरिरहेको बताइन् । 

उनले नेपालमा भौगोलिक सङ्केत (जिआई) दर्ता प्रक्रिया सुरु गरिएको र सुन्तला तथा किवीका लागि पाइलट कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन् ।

मन्त्रीले नेपालमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना भए पनि प्रविधि तथा जलवायु सहनशील कृषि प्रणालीको आवश्यकता रहेको उल्लेख गर्दै परम्परागत कृषिलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् । 

साथै वन संरक्षणका प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको उल्लेख गर्दै स्पेनको अनुभव तथा विज्ञताबाट सिक्न नेपाल इच्छुक रहेको बताएकी थिइन् ।
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ४ : ३६ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष