अमेरिकामाथि नेपालको शानदार जित « Khabarhub

अमेरिकामाथि नेपालको शानदार जित


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा नेपालले अमेरिकामाथि १२२ रनको फराकिलो जित दर्ता गरेको छ । खेलमा नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिका ४१ ओभर २ बलमा १९५ रनमै समेटियो । अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रनको अर्धशतकीय इनिङ्स खेले पनि त्यो जितका लागि पर्याप्त भएन।

टोलीका अन्य ब्याट्सम्यानहरू नोस्थुस केन्जिगेले २९, शयान जहांगिरले २७, शेहान जयसुर्याले २६, सैतेजा मुक्कमल्लाले २२ र मिलिन्द कुमारले १२ रन जोडे । अमेरिकाको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजवंशी, दीपेन्द्र सिंह ऐरी र गुलशन झाले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

नेपालको यो विशाल स्कोर खडा गर्न ईशान पाण्डेले ८४ रनको उत्कृष्ट इनिङ्स खेले भने दीपेन्द्र सिंह ऐरीले ५९ रनको योगदान दिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ शेखले ४३, कुशल भुर्तेलले २९ र गुलशन झाले १५ रन जोडे ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ५ : ३१ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले