हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ « Khabarhub

हातहतियारसम्बन्धी मुद्दामा देशभरबाट ४० जना पक्राउ


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ परेकामध्ये काठमाडौँ उपत्यकाबाट तीन जना, कोशी प्रदेशबाट एक जना, मधेस प्रदेशबाट एक जना, बागमती प्रदेशबाट एक जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट नौ जना, कर्णाली प्रदेशबाट आठ जना र सुदूरपश्चिम प्रदेशबाट तीन जना पक्राउ परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।    

उनले भने, ‘पक्राउ परेकाबाट चाइनिज पेस्तोल एक थान, पेस्तोल एक थान, रिभल्वर एक थान, कटुवा पेस्तोल दुई थान, भरूवा बन्दुक २१ थान,  बन्दुक एक थान र एयरगन दुई थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ ।’

यसैगरी पक्राउ परेकाबाट प्रहरीले चाइनिज पेस्तोलको गोली एक राउण्ड, एसएलआरको गोली २६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद भएको जनाएको छ ।

अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील रहेको प्रवक्ता काफ्लेले बताए । 

अवैध हतियार कतै लुकाइ राखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउन नेपाल प्रहरी सबैमा आग्रह गरेको छ । 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ५ : ४८ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार