तीनदिने ‘हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी’ सुरु « Khabarhub

तीनदिने ‘हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी’ सुरु


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल हस्तकला महासङ्घ, जिल्ला तथा प्रदेश परिषद्को आयोजनामा तीनदिने ‘हस्तकला मेला तथा सांस्कृतिक प्रदर्शनी’ सुरु भएको छ ।

महासङ्घले आज बालुवाटारमा आयोजना गरेको उक्त कार्यक्रमको बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले शुभारम्भ गरिन् । उनले हस्तकला क्षेत्रको विकासलाई बागमती प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताइन् ।

‘नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको छ, हस्तकलामैत्री नीति र बजेट बनाउन प्रदेश सरकार लाग्नेछ’, मन्त्री श्रेष्ठले भनिन् । बागमती प्रदेशभित्र उत्पादित हस्तकलाका सामानलाई बजारीकरण गर्न प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले देशभर छरिएर रहेका जिल्ला सङ्घलाई एकीकृत गर्दे त्यहाँ उत्पादित सामग्रीलाई प्रदर्शनी गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिए । उनले नेपालमा उत्पादित हस्तकला सामग्रीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए । 

अध्यक्ष शाक्यले बागमती प्रदेशले मङ्सिर २८ गतेलाई हस्तकला दिवस मनाउनका लागि बागमती प्रदेशले घोषणा गरेकोमा स्वागत व्यक्त गरे ।

महासङ्घकी उपाध्यक्ष एवं मेलाकी संयोजक मलिका श्रेष्ठले कला र संस्कृतिको धनी नेपालमा उत्पादित हस्तकला सामग्रीको प्रवर्द्धन गर्नका लागि मेला आयोजना गरिएको जानकारी दिइन्  । 

तीन दिनसम्म चल्ने मेलामा काठमाडौँ उपत्यकाका तीनै जिल्लाका साथै संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलाञ्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा र बागलुङलगायतका जिल्लामा उत्पादित हस्तकलाका ७० स्टल राखिएको छ ।

मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । मेला अवलोकनका लागि सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रममा मेलामा सहभागी सङ्घ संस्थालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : २५ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष