ओलीको बचाउमा बादल, भने : नेतृत्व अप्ठ्यारोमा पर्दा ताली बजाउनु राम्रो होइन « Khabarhub

ओलीको बचाउमा बादल, भने : नेतृत्व अप्ठ्यारोमा पर्दा ताली बजाउनु राम्रो होइन


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको शुक्रबारदेखि सुरू सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको बचाउ र आलोचना दुवै कित्तामा नेताहरू बाँडिएका छन् ।

गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक बसेको एमाले सचिवालयको बैठकमा शुक्रबार बोलेका पाँच उपाध्यक्षमध्ये ४ जना ओलीको विपक्ष र एकजना पक्षमा देखिएका छन् ।

बैठकमा पाँचजना उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले अब ओलीले बिदा हुनुपर्ने धारणा राख्द पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा बादलल भने बचाउमा उत्रिएका छन्।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार पाँचजना उपाध्यक्षले पहिलोपटक लामो समय लिएर आफ्ना अनुभव र विचार राखेका छन्।

शुक्रबा बोलेका पाँचजना उपाध्यक्षमध्ये बादल मात्रै ओलीको बचाउमा उत्रिने एक्ला उपाध्यक्ष भए । उनले पार्टी र नेतृत्व कठिन मोडमा हुँदा अरु नेताहरूले साथ नदिनु पार्टी हितविपरीत रहेको बताए ।

अन्य उपाध्यक्षहरूले अहिलेको नेतृत्वको गम्भीर समीक्षा गर्नुपर्ने बता। तर उपाध्यक्ष बादलले नेतृत्व र पार्टी अप्ठ्यारोमा पर्दा ताली पिट्नेहरूको कमी नभएको उल्लेख गरे ।

‘एकजना व्यक्तिको कारण मात्रै पार्टी निर्वाचनमा हारेको होइन । त्यसैले नेतृत्व र पार्टी अप्ठ्यारोमा पर्दा ताली पिट्ने काम नगरौँ । त्यस्तो गर्नेहरू हाम्रो पार्टीमा पनि देखिए’, उनले भने, ‘अहिलेको परिस्थिति अध्यक्षका कारण मात्रै सिर्जना भएको होइन।’

एमाले संसदीय दलका नेतासमेत रहेका बादलले संकटकै बेला नेताहरूको परीक्षण हुने बताए । ‘संकटकै बेला नेताहरूको परीक्षण हुने हो । अहिले ओलीको विकल्प खोज्नु हुँदैन’, उनले अगाडि भने।

एमाले पृष्ठभूमिकै नेताहरू ओलीका कारण पार्टी सकिन लागेको निष्कर्षमा पुग्दा माओवादी पृष्ठभूमिका बादल भने रक्षाकवच बनेका छन्। नेकपा विभाजित भएयता निरन्तर ओलीको छत्रछायामा रहेका उनी अहिले प्रतिनिधि सभामा दलको नेतासमेत छन् । उनले संसद्मा पनि ओलीले यसअघि व्यक्त गर्दै आएको आक्रमक भनाइ राखेर चर्चामा छन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ४३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००