काभा भलिबल : नेपाल भारतसँग पराजित « Khabarhub

काभा भलिबल : नेपाल भारतसँग पराजित


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पिपयनसिपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा भारतसँग नेपाल ३–२ सेटले पराजित भएको हो । प्रतियोगितामा खेलको पहिलो सेट नेपालले जित्यो । त्यसपछि लगातार दुई सेट गुमाएको नेपालले चौथो सेट आफनो पक्षमा पा¥यो तर खेलको पाँचौ तथा अन्तिम सेटमा पराजित हुन पुग्यो ।

पहिलो सेटमा २५–२० ले जितेको नेपालले त्यसपछि लगातार दुई सेट २५–२० र २५–१९ ले पछि प¥यो । खेलको चौथो सेटमा नेपालले २५–२१ ले आफनो पक्षमा पारेपनि त्यसपछिको पाँचौ तथा अन्तिम सेट भारतले १५–९ ले जित्यो र नेपाल भारतसँग सँग पराजित हुन पुग्यो ।

घरेलु दर्शककको भरपुर साथ पाएको नेपालको खेल हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी थिए । विभिन्न आठ राष्ट्र सहभागी यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा भारतसँगै कीर्गिस्तान र माल्दिभ्स छन् ।

त्यस्तै समूह ‘बी’मा श्रीलंका, इरान, बङ्गलादेश र काजकिस्तान रहेका छन् । आजै सम्पन्न अर्को खेलमा इरानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ८ : २७ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर