पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ « Khabarhub

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो साथ दिएका उपाध्यक्ष विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङको कुरा सुनेर ओली छक्क परेका छन् ।

आफ्ना गुटका भनिएका नेताहरूबाटै ओली बिदा हुनुपर्ने माग उठेपछि ओली छक्क परेको स्रोतको दाबी छ। फागुन २१ गतेको निर्वाचनपछि पहिलोपटक ओली निवास गुण्डुमै बसेको बैठकमा दुई उपाध्यक्षले ओली बिदा हुनुपर्ने माग राखे । विष्णुले दुई कार्यकाल र उमेर हद हटाएको विषयमा पश्चाताप माने । पृथ्वी सुब्बा गुरुङले एमाले कसैको पनि व्यक्तिगत कम्पनी नभएको भन्दै ओलीको राजीनामा मागे ।

‘विष्णु कमरेडले उमेर हद लागू गर्नुपर्ने र अध्यक्ष ओलीबाट अब पार्टी नचल्ने कुरा बोल्नुभयो । पृथ्वी कमरेडले पनि एमाले ओलीको पर्सनल कम्पनी नभएकाले अध्यक्ष ओली नै पदमा बसिरहनुपर्ने नभएको भनेपछिक्क पर्नुभएको हो।’, स्रोत भन्छ, ‘विगतमा आफूलाई साथ दिएका नेताहरूले नै आफ्नो साथ छोड्दै गएपछि उहाँ र पृथ्वी कमरेड बीच त सवाल जवाफ नै चल्यो । पृथ्वी कमरेडले प्राइभेट कम्पनी होइन भनेपछि अध्यक्षज्यू अलिक आक्रमक भएर प्रस्तुत हुनुभयो। संकटको बेला साथ नदिने नेताहरूलाई कार्यविभाजनमा पनि प्रतिशोध राख्ने भाषा बोलेपछि पृथ्वी कमरेड र ओली कमरेड बीच सामान्य चर्काचर्की भयो।’

विष्णुले परिस्थिति फेरबदल भएपछि अब ओलीबाट पार्टी सञ्चालन नहुने र विकल्पमा जानुपर्ने बलियो मत राखेका थिए। ‘यसरी त पार्टी चल्दैन। नेतृत्व सहित हामी सबै सच्चिनुपर्छ सचेनौँ भने सकिने बाटोमा जान्छौं,’ विष्णुले भने, ‘फागुन २१ को निर्वाचन र भदौ २३ र २४ को आन्दोलनपछि नेपालका खोलानालामा पानी बगिसकेको छ। पुरानै ढर्रामा अगाडि बढेर काम छैन।’

गुरुङले पनि पार्टी सचिनुपर्ने बताउँदै नेतृत्व पनि सच्चिनु र फेरिनुपर्नेमा माग राखे। दुई नेताहरूले बोलेपछि ओलीको मुहारमा धेरै आक्रोश र निराशा देखिन्थ्यो। एघारौं महाधिवेशनमा आफ्नो टिममा रहेर पदाधिकारी निर्वाचित गराएका दुई नेताले ओलीको साथ छोड्दा अरु पदाधिकारीको अनुहारमा ओलीले टुलुटुलु हेरिरहेको बताइन्छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ९ : २२ बजे

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौं – सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

भारत–नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक

काठमाडौं- भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति

ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित

कञ्चनपुर – रोपाइँका लागि तयार गरेका धानका बेर्नामा ढुसीजन्य रोगको

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई)