परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री तथा समानता मन्त्री सीमा मल्होत्राबिच भेटवार्ता भएको छ ।

मन्त्रालयमा शुक्रबार भएको भेटमा उनीहरुबीच नेपाल–बेलायत सम्बन्धका विभिन्न पक्षहरूबारे छलफल गर्दै यी सम्बन्धहरूलाई आधुनिकीकरण गर्न आवश्यक रहेकामा जोड दिइएको मन्त्रालयले जनाएको छ । साथै, लगानी, व्यापार, शिक्षा, पर्यटन, जलवायु कार्य र डिजिटल प्रविधि क्षेत्रहरूमा सहकार्य विस्तार सम्बन्धमा छलफल भएको थियो ।

सो अवसरमा मन्त्री खनालले पूर्व ब्रिटिश गोर्खाहरूका दशकौँदेखि समाधान नभएका चिन्ता र गुनासोहरूलाई यथाशीघ्र सम्बोधन गर्न मन्त्री मल्होत्रासँग अनुरोध गरेका थिए । मन्त्री मल्होत्राले बेलायती सरकार पूर्व ब्रिटिश गोर्खाहरूको समस्या समाधान गर्न सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेकी हुन् । भ्रमणका क्रममा उनले अन्य सरकारी मन्त्रीहरूसँग पनि भेटघाट गर्ने तथा लुम्बिनी र कपिलवस्तु भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १० : ५९ बजे

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

काठमाडौं– इनड्राइभले ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सम्पन्न