थाइल्यान्डको विमानस्थलमा तोडफोड गर्ने चिनियाँ नागरिकलाई आजीवन प्रतिबन्ध « Khabarhub

थाइल्यान्डको विमानस्थलमा तोडफोड गर्ने चिनियाँ नागरिकलाई आजीवन प्रतिबन्ध


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा स्वचालित सिसाको ढोका तोडफोड गरेको आरोपमा एक चिनियाँ नागरिकलाई थाइल्यान्डले प्रवेशमा आजीवन प्रतिबन्ध लगाएको छ । मध्य समुत प्राकान प्रान्तमा रहेको विमानस्थलको अध्यागमन क्षेत्रमा ती ३० वर्षीय पुरुषले नियम पालना नगर्दा सो दुर्घटना भएको हो ।

चिनियाँ सञ्चारमाध्यम र स्थानीय समाचार संस्था बैंकक पोस्टका अनुसार गत बुधबार ती व्यक्तिले स्वचालित ढोका प्रयोग गर्दा प्रणालीमा समस्या आएको थियो । त्यसपछि आक्रोशित हुँदै उनले सिसाको ढोकामा दुई पटकसम्म लात्ती हानेर भौतिक क्षति पुर्‍याएका थिए ।

उनले आवश्यक अध्यागमन प्रक्रियासमेत पूरा नगरी जबरजस्ती अघि बढेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनले आफ्नो यात्रा अनुमतिपत्र भुइँमा पछारेको र ढोकामा लात्ती हान्दै जबरजस्ती अगाडि बढेको देखिन्छ ।

घटनालगत्तै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका थिए । सरकारी सम्पत्ति सरकारी नोक्सान पुर्‍याएको आरोपमा उनलाई १५ हजार डलरसम्म जरिवाना, तीन वर्षसम्मको जेल सजाय वा दुवै हुन सक्ने कानुनी प्रावधान छ ।

यसका साथै ड्युटीमा रहेका अधिकारीहरूलाई दुर्व्यवहार गरेको अभियोग पनि उनीमाथि लागेको छ। यो अभियोग प्रमाणित भएमा थप एक वर्षको जेल सजाय वा ६ सय डलर जरिवाना हुन सक्छ।

थाइल्यान्डका अधिकारीहरूले ती व्यक्तिको भिसा रद्द गरिसकेका छन् र उनलाई सधैँका लागि कालोसूचीमा राखेका छन् । कानुनी प्रक्रिया पूरा भएपछि उनलाई आफ्नै देश फिर्ता पठाइनेछ ।

थाइल्यान्डको गृह मन्त्रालयले स्थानीय बासिन्दालाई धम्क्याउने वा सार्वजनिक ठाउँमा अभद्र व्यवहार गर्ने विदेशीहरू विरुद्ध कडा कदम चाल्न निर्देशन दिएको ठीक एक हप्तापछि यो घटना सार्वजनिक भएको हो।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ६ : ५९ बजे

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

काठमाडौँ – प्रतिनिधि सभाका उपसभामुख रुबी कुमारीले रसुवाको भोटेकोशी नदीमा

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल