इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड « Khabarhub

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह ‘जी’ को निकै निराशाजनक खेलमा इरानसँग गोलरहित बराबरीमा रोकिएको छ। लस एन्जलसमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बेल्जियमले लगातार दोस्रो पटक विश्वकपको समूह चरणबाटै बाहिरिने खतरा सामना गरिरहेको छ।

केभिन डे ब्रोइना र रोमेलु लुकाकु जस्ता स्टार खेलाडीहरू समेटिएको बेल्जियमले खेलभर बल आफ्नो नियन्त्रणमा राखे पनि इरानको बलियो रक्षापंक्तिलाई तोड्न सकेन। बरु खेलका उत्कृष्ट अवसरहरू इरानले सिर्जना गरेको थियो।

खेलको पहिलो हाफमा इरानका स्टार स्ट्राइकर मेहदी तारेमीले फ्रिकिकमार्फत बललाई जाली चुमाएका थिए, तर भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड घोषित गरिदियो। दोस्रो हाफमा बेल्जियमका डिफेन्डर नाथन एनगोयले गम्भीर गल्ती गरेपछि रातो कार्ड खाँदै मैदान बाहिरिनु परेको थियो। खराब ब्याक-पासका कारण बल खोसेर अघि बढेका तारेमीलाई लडाएपछि रेफ्रीले एनगोयलाई सिधै रातो कार्ड देखाएका थिए।

यो नतिजासँगै समूह ‘जी’ मा हालसम्मका सबै तीन खेल बराबरीमा सकिएका छन्। २ अंक मात्र जोडेको बेल्जियमले अब समूहको अन्तिम खेलमा तुलनात्मक रूपमा कमजोर टोली न्युजिल्यान्डको सामना गर्नेछ। अर्कोतर्फ, इरानले नकआउट चरणमा पुग्न आगामी शुक्रबार इजिप्टविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ।

खेल मैदान बाहिर पनि इरानको राजनीतिक वातावरणको प्रभाव देखिएको थियो। लस एन्जलसमा रहेका इरानी-अमेरिकी समुदायका प्रदर्शनकारीहरूले स्टेडियम बाहिर इरानको वर्तमान शासनविरुद्ध चर्को नाराबाजी गरेका थिए। रंगशालाभित्र इरानको राष्ट्रिय धुन बज्दा दर्शकदीर्घाबाट हुटिङ र सिठ्ठी बजाइए पनि इरानी खेलाडीहरू मैदान उत्रिँदा भने समर्थकले उनीहरूको हौसला बढाएका थिए।

दोस्रो हाफमा खेल परिवर्तन गर्न तीन खेलाडी परिवर्तन गरे पनि टोलीले गोल गर्न सकेन। परिवर्तित खेलाडी म्याक्सिम डे कुइपरले प्रहार गरेको बल इरानी गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए भने हान्स वानाकेनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। खेलको अन्त्यतिर १० खेलाडीमा सीमित भएपछि बेल्जियम रक्षात्मक बन्न बाध्य भयो र खेल गोलरहित बराबरीमै टुंगियो।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : १९ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर