कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो « Khabarhub

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुनसरी– कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२–८३ मा जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन् । आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेका हुन् ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन् । (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेको आरक्षले जनाएको छ ।

अर्नाको राजधानी र चराको स्वर्ग मानिने सो आरक्षमा सबैभन्दा बढी पर्यटक मङ्सिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन् । यस महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनले जनाएको छ ।

साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० जना गरेर कूल नौ हजार २४२ जना पर्यटक आरक्षको भ्रमण गरेका छन् ।

विशेषगरी, यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावर हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर र सजिलै सप्तकोसी नदीमा डलफीन हेर्न पाउने गरेका छन् ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटालगायतका पन्छी पाइन्छन् ।

साथै पछिल्लो समय गैँडाको समेत अवलोकन गर्ने गरेका छन् । आरक्षमा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ०८ बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर