न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट « Khabarhub

न्युजिल्यान्डको सुरुवाती अग्रता उल्टाउँदै समूह ‘जी’ को शीर्षस्थानमा उक्लियो इजिप्ट

सलाह चम्किएपछि ९२ वर्षपछि इजिप्टको ऐतिहासिक जित


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इजिप्टले न्युजिल्यान्डमाथि ३–१ को पुनरागमन जित दर्ता गरेको छ।

यो जितसँगै इजिप्टले विश्वकप इतिहासमा ९२ वर्ष लामो जितको खडेरी तोड्दै ऐतिहासिक सफलता हात पारेको छ । सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टको ९ खेलपछि यो पहिलो विश्वकप जित हो।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस रंगशालामा भएको खेलको पहिलो हाफमा न्युजिल्यान्डले अप्रत्यासित अग्रता लिएको थियो । फिन सुर्मानले उत्कृष्ट हेडरमार्फत गोल गर्दै न्युजिल्यान्डलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । विश्वकप इतिहासमा न्युजिल्यान्डले पहिलो हाफमा अग्रता लिएको यो पहिलोपटक हो ।

तर, दोस्रो हाफमा इजिप्टले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको २४ मिनेटभित्र इजिप्टले लगातार ३ गोल फर्कायो । मोस्ताफा जिकोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि टोलीका स्टार खेलाडी कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए ।

खेलको अन्त्यतिर सलाहकै कर्नर पासमा सब्सिच्युट खेलाडी ट्रेजेगुएले हेडरमार्फत तेस्रो गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे ।

१०० मिनेटसम्म चलेको यस तनावपूर्ण खेलको अन्तिम सिट्ठी बज्दानबज्दै इजिप्टका समर्थक खुसीले झुमेका थिए । यो जितसँगै ४ अंक जोडेर इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ भने अन्तिम ३२ मा पुग्ने सम्भावना निकै बलियो बनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ५५ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या