मध्यरातमा प्रधानमन्त्री बालेनको रमाइलो पोस्ट : रविका स्वकीयले गाएको झलकमानको गीत भाइरल « Khabarhub

मध्यरातमा प्रधानमन्त्री बालेनको रमाइलो पोस्ट : रविका स्वकीयले गाएको झलकमानको गीत भाइरल

चितवनमा बालेन र रवि एउटै होटलमा, चर्चामा सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार मध्यरातमा एउटा रमाइलो पोस्ट गरेका छन् । चितवनमा आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रपछि लटौली सेञ्चुरी रिसोर्टमा पुगेपछि बालेनको पोस्ट आएको हो ।

रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेन र रास्वपा सभापति रवि लामिछाने एउटै होटलमा बसेका हुन् । बास बसेको होटलमा खानपिन भएपछि बालेनले रविका स्वकीय सचिव अविनास (प्रदीप) आचार्यले झलकमान गन्धर्वले गाएको ‘हे बरै, बाबाले सोध्लान् खोई छोरा भन्लान्’ गीत गाएको भिडियो पोस्ट गरेका हुन् । उनले उक्त गीत चार मिनेट २३ सेकेन्डमा गाइसकेका छन् । पत्रकारसमेत रहेका अविनास रवि लामिछाने गृहमन्त्री बनेपछि उनको नजिक रहेर काम गर्दै आएका छन् ।

राति होटलको कोठामा खिचिएको भिडियोमा अविनासले मस्तसँग गीत गाएका छन् । उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । उनीहरू चितवनको लटौली सेञ्चुरी रिसोर्टमा बास बसेका हुन् ।

परिवारसहित आएका दुवै नेताको बसाइ महाधिवेशन अवधिभर लटौली होटलमै हुने चितवनको सुरक्षा स्रोतले जानकारी दिएको छ । आइतबार महाधिवेशनको उद्घाटन सत्र समापन भएपछि प्रधानमन्त्री शाह र सभापति लामिछाने परिवारका साथै केही सहयोगीलाई लिएर होटल पुगेका हुन् । उक्त होटलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित सबै नेता साँझ साढे ६ बजेपछि रिसोर्ट प्रवेश गरेका थिए ।

केही महिनाअघि मात्रै चितवनको कालिका नगरपालिका–९ मा पर्ने शक्तिखोरमा खुलेको यो होटल महँगो होटलमा गनिन्छ । होटलको वेबपेजमा उल्लेख भएअनुसार परिवार बस्न मिल्ने बेडको एक दिनको न्यूनतम शुल्क एक सय ५५ अमेरिकी डलर पर्छ ।

रिसोर्टमा सभापति लामिछाने, प्रधानमन्त्री शाह र प्रधानमन्त्रीका सल्लाहकार बेनका लागिसमेत गरेर भिआइपी कोठा तयार गरी बस्ने प्रबन्ध गरिएको छ । रिसोर्टमा १९ वटा कोठा रहे पनि अहिले रास्वपाका नेता तथा सरकारका उच्च नेतृत्व र उनीहरूका परिवारका सदस्य मात्र बसेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : २४ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा