मध्यरातमा प्रधानमन्त्री बालेनको रमाइलो पोस्ट : रविका स्वकीयले गाएको झलकमानको गीत भाइरल « Khabarhub

मध्यरातमा प्रधानमन्त्री बालेनको रमाइलो पोस्ट : रविका स्वकीयले गाएको झलकमानको गीत भाइरल

चितवनमा बालेन र रवि एउटै होटलमा, चर्चामा सामाजिक सञ्जालमा पोस्ट भएको भिडियो


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार मध्यरातमा एउटा रमाइलो पोस्ट गरेका छन् । चितवनमा आइतबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन सत्रपछि लटौली सेञ्चुरी रिसोर्टमा पुगेपछि बालेनको पोस्ट आएको हो ।

रास्वपाका वरिष्ठ नेतासमेत रहेका बालेन र रास्वपा सभापति रवि लामिछाने एउटै होटलमा बसेका हुन् । बास बसेको होटलमा खानपिन भएपछि बालेनले रविका स्वकीय सचिव अविनास (प्रदीप) आचार्यले झलकमान गन्धर्वले गाएको ‘हे बरै, बाबाले सोध्लान् खोई छोरा भन्लान्’ गीत गाएको भिडियो पोस्ट गरेका हुन् । उनले उक्त गीत चार मिनेट २३ सेकेन्डमा गाइसकेका छन् । पत्रकारसमेत रहेका अविनास रवि लामिछाने गृहमन्त्री बनेपछि उनको नजिक रहेर काम गर्दै आएका छन् ।

राति होटलको कोठामा खिचिएको भिडियोमा अविनासले मस्तसँग गीत गाएका छन् । उक्त गीत २२ लाखभन्दा बढीले हेरिसकेका छन् । उनीहरू चितवनको लटौली सेञ्चुरी रिसोर्टमा बास बसेका हुन् ।

परिवारसहित आएका दुवै नेताको बसाइ महाधिवेशन अवधिभर लटौली होटलमै हुने चितवनको सुरक्षा स्रोतले जानकारी दिएको छ । आइतबार महाधिवेशनको उद्घाटन सत्र समापन भएपछि प्रधानमन्त्री शाह र सभापति लामिछाने परिवारका साथै केही सहयोगीलाई लिएर होटल पुगेका हुन् । उक्त होटलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसहित सबै नेता साँझ साढे ६ बजेपछि रिसोर्ट प्रवेश गरेका थिए ।

केही महिनाअघि मात्रै चितवनको कालिका नगरपालिका–९ मा पर्ने शक्तिखोरमा खुलेको यो होटल महँगो होटलमा गनिन्छ । होटलको वेबपेजमा उल्लेख भएअनुसार परिवार बस्न मिल्ने बेडको एक दिनको न्यूनतम शुल्क एक सय ५५ अमेरिकी डलर पर्छ ।

रिसोर्टमा सभापति लामिछाने, प्रधानमन्त्री शाह र प्रधानमन्त्रीका सल्लाहकार बेनका लागिसमेत गरेर भिआइपी कोठा तयार गरी बस्ने प्रबन्ध गरिएको छ । रिसोर्टमा १९ वटा कोठा रहे पनि अहिले रास्वपाका नेता तथा सरकारका उच्च नेतृत्व र उनीहरूका परिवारका सदस्य मात्र बसेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : २४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको