रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस « Khabarhub

रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मान्म– रास्कोट नगरपालिकाले  आर्थिक वर्ष २०८३/०८४ का लागि कूल ५६ करोड ६७ लाख ५१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार नगरपालिकाको १८ औँ नगरसभामा उपप्रमुख मनिराज बरालल पेस गरेका हुन् । 

नगरपालिकाले प्रस्तुत गरेको कूल ५६ करोड ६७ लाख ५१ हजारको बजेटमध्ये सङ्घीय समानिकरण अनुदानतर्फ नौ करोड ७६ लाख रुपैयाँ, सशर्त अनुदान चालुतर्फ १८ करोड ८१ लाख र सशर्त अनुदान पुँजीगततर्फ १० करोड ४५ लाख रुपैयाँ रहेको छ । 

‘सङ्घीय विशेष अनुदान रु ६१ लाख, समपूरक अनुदान दुई करोड ५९ लाख र राजस्व बाँडफाँटबापत सात करोड ९१ लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ’, उपप्रमुखले भने, ‘प्रदेश सरकारका तर्फबाट रास्कोटले समानिकरण अनुदानमा एक करोड ३८ लाख ४६ हजार, सशर्त अनुदान चालुमा २२ लाख पाँच हजार, सशर्त अनुदान पुँजीगतमा एक करोड ५५ लाख, विशेष अनुदानमा ३५ लाख र समपूरक अनुदान पुँजीगततर्फ एक करोड १९ लाख रुपैयाँ प्राप्त गर्नेछ ।’

प्रादेशिक राजस्व बाँडफाँटबाट १० लाख रुपैयाँ आर्जन हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले आफ्नो आन्तरिक स्रोत (कर तथा गैरकर राजस्व) बाट कूल बजेटको ३.०९ प्रतिशत अर्थात् एक करोड ७५ लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ ।  प्रस्तावित कूल व्ययमध्ये चालुतर्फ ६१.४२ प्रतिशत अर्थात् ३४ करोड ८१ लाख एक हजार रुपैयाँ र पुँजीगततर्फ ३८.५८ प्रतिशत अर्थात् २१ करोड ८६ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

क्षेत्रगत रुपमा नगरपालिकाले सामाजिक विकास क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै कूल बजेटको ६४.८८ प्रतिशत अर्थात् ३६ करोड ७७ लाख पाँच हजार रुपैयाँ छुट्याएको छ ।  

शिक्षा क्षेत्रका लागि २० करोड रुपैयाँ, स्वास्थ्यतर्फ १५ करोड ७६ लाख पाँच हजार रुपैयाँ विनियोजन भएको छ । सोबाहेक आर्थिक विकास क्षेत्रमा दुई करोड ४८ लाख रुपैयाँ, पूर्वाधार विकासतर्फ छ करोड पाँच लाख ५० हजार रुपैयाँ (१०.६८ प्रतिशत), सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा एक करोड २८ लाख ५० हजार रुपैयाँ र वन तथा वातावरण क्षेत्रमा २० लाख रुपैयाँ बाँडफाँट गरिएको छ । 

कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि १७.४४ प्रतिशत अर्थात् नौ करोड ८८ लाख ४६ हजार रुपैयाँ विनियोजन भएको नगरपालिकाले जनाएको छ । 

कालीकोटको रास्कोट नगरपालिकाले ‘हामी बनाउँछौँ, हाम्रो नगर’ भन्ने मूल नाराका साथ ‘समृद्ध रास्कोट, सुखी रास्कोटवासी’ को दीर्घकालीन लक्ष्यका साथ कालीकोटको नगरसभा सम्पन्न भएको थियो ।  

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ३१ बजे

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य