५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल बन्द « Khabarhub

५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल बन्द


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसको राजधानी मस्कोतर्फ लक्षित करिब ६० वटा ड्रोन खसालिएपछि त्यहाँका चारवटै प्रमुख विमानस्थल सोमबार केही समयका लागि बन्द गरिएका छन् ।

स्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जाल टेलिग्राममार्फत मस्कोतर्फ गइरहेका ५९ वटा ड्रोन नष्ट गरिएको जानकारी दिएका छन् । रूसले युक्रेनी सहरहरूमा आक्रमण जारी राखिरहेका बेला त्यसको प्रतिकारस्वरूप युक्रेनले रूसभित्र ड्रोन आक्रमण गर्दै आएको छ । यद्यपि मेयर सोब्यानिनले उक्त ड्रोन युक्रेनबाट प्रक्षेपण गरिएका हुन् वा होइनन् भन्नेबारे स्पष्ट उल्लेख गरेको छैन ।

रूसी उड्डयन अधिकारीहरूले सुरक्षा कारण देखाउँदै मस्कोका चारवटै विमानस्थल अस्थायी रूपमा बन्द गरेका थिए । स्थानीय समयअनुसार बिहान ५ः३९ बजे विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ४१ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको