पत्रकारका नाममा वडाध्यक्षमाथि केरकार र दुर्व्यवहार, यसअघि पनि पक्राउ परेकी थिइन् ऐश्वर्या « Khabarhub

पत्रकारका नाममा वडाध्यक्षमाथि केरकार र दुर्व्यवहार, यसअघि पनि पक्राउ परेकी थिइन् ऐश्वर्या


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रवीन्द्र देवकोटामाथि दुर्व्यवहार तथा कुटपिट गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेकी छन्।

आइतबार महेन्द्रनगरस्थित एक होटलमा आयोजित लागुऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष देवकोटा र कुँवरबीच विवाद भएपछि कुँवरले देवकोटामाथि हातपात गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

घटनापछि पुगेको वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको थियो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार वडाध्यक्ष देवकोटाले कुँवरविरुद्ध अभद्र व्यवहारसम्बन्धी किटानी जाहेरी दर्ता गराएका छन्।

हाल कुँवरलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यता कुँवरले भने सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्षबाट आफूलाई सुरूमै दुर्व्यवहार भएकाले प्रतिकारस्वरूप प्रतिक्रिया जनाएको दाबी गरेकी छन्।

घटनापछि पत्रकारिता क्षेत्रमै यसको व्यापक चर्चा भइरहेको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी सदस्यसमेत रहेकी कुँवरको व्यवहारले पत्रकारिताको मर्यादा र आचारसंहिताबारे प्रश्न उठाएको भन्दै धेरै पत्रकारहरूले आलोचना गरेका छन्।

एकजना पत्रकार भन्छन्, ‘यो पत्रकारिता नभई ‘युट्युबेकारिता’ हो । वास्तविक पत्रकारिता त आफ्नै आचरण र मूल्य-मान्यतामा आधारित हुन्छ । यसरी केरकार गर्ने र धम्कीपूर्ण व्यवहार गर्ने युट्युबेकारिता र फेसबुककारिता अचेल बढ्दै गएको छ । हिजोआज ‘मै हुँ’ भन्ने कहलिएका पत्रकारसमेत फेसबुककारितामा रमाइरहेका छन् ।’

यसैबीच, पत्रकारिताका अध्येता भानुभक्त आचार्यले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सार्वजनिक कार्यक्रममा जबर्जस्ती प्रवेश गरेर विवाद सिर्जना गर्ने, चर्को बहस गर्ने र हातपातसम्म पुग्ने शैली पत्रकारिताको मूल्यमान्यता विपरीत भएको टिप्पणी गरेका छन्।

उनले सामाजिक सञ्जालको ‘मनिटाइजेसन’ र भ्युज केन्द्रित प्रवृत्तिले केही व्यक्तिलाई जिम्मेवार पत्रकारिताभन्दा विवादास्पद सामग्री उत्पादनतर्फ आकर्षित गरिरहेको उल्लेख गरेका छन्।

आचार्यले पत्रकारिता संस्थाहरू, नेपाल पत्रकार महासंघ र सम्बन्धित निकायहरूले यस्ता घटनामा आवश्यक समीक्षा र सुधारका कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

यसैबीच, सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रतिक्रियाहरूमा पनि अधिकांशले घटनामा पत्रकार कुँवरको भूमिकामाथि प्रश्न उठाएका छन्। घटना सार्वजनिक भएपछि पत्रकारिता पेसाको आचारसंहिता, व्यावसायिकता र सामाजिक सञ्जालमार्फत गरिने पत्रकारिताको अभ्यासबारे पुनः बहस सुरु भएको छ।

पहिले पनि पक्राउ

कञ्चनपुरमा सार्वजनिक कार्यक्रममा गएर वडाध्यक्षमाथि कुटपिट गरेकी कुँवर पहिले पनि पक्राउ परेको खुलेको छ । उनी २ वर्षअघि विद्युतीय कारोबारसम्बन्धी मुद्‍दामा पक्राउ परेकी थिइन् ।

त्यसबेला कुँवरले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीविरुद्ध समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोप लगाएकी थिइन्।

अहिले भने उनले लागुऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडाध्यक्ष रवीन्द्र देवकोटालाई दुर्व्यवहार गर्दै कुटपिट गरेकी छन् । उनले केही दिनअघि मात्रै पत्रकार आचारसंहिता तालिमसमेत लिएको खुलेको छ ।

तर पत्रकार आचारसंहिता तालिम लिएको केही दिनमै उनी गुन्डागर्दीको शैलीमा जनप्रतिनिधिमाथि प्रस्तुत भएपछि पत्रकारिताको आचारणबारे बहस चर्किएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ५८ बजे

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल

राहदानी खरिद प्रकरण : प्रतिवादीलाई यसरी लगिएको थियो विशेषमा (तस्बिरहरू) 

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणमा मुद्दा दायर