स्वास्थ्य मन्त्रालयले माग्यो प्रचलित विधायनहरूको विवरण « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो प्रचलित विधायनहरूको विवरण


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभाग तथा संघीय अस्पतालहरूलाई आफूअन्तर्गत लागू भएका प्रचलित विधायनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा (कानुन शाखा) ले जारी गरेको पत्रमा विधायन ऐन, २०५१ को दफा ३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत वा जारी भएका प्रचलित विधायनहरूको अद्यावधिक विवरण संकलन गर्न लागिएको जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अद्यावधिक तथा प्रकाशनका लागि पठाउनुपर्ने भएकाले सम्बन्धित निकायहरूलाई निर्धारित ढाँचामा विवरण तयार गरी पठाउन अनुरोध गरिएको छ । पत्रअनुसार विधायनको नाम, जारी गर्ने अधिकार प्रदान गर्ने कानुनी व्यवस्था, स्वीकृत गर्ने निकाय, कुल पृष्ठ संख्या, स्वीकृत मिति, लागू मिति तथा कैफियतसहितको विवरण उपलब्ध गराउनुपर्नेछ ।

मन्त्रालयले उक्त विवरण २०८३ असार १० गतेभित्र पठाइसक्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ । पत्र स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा सबै संघीय अस्पतालहरूलाई सम्बोधन गरिएको छ ।

कानुन अधिकृत सुरेश प्रसाद चौलागाईंले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ सूचना प्रविधि शाखालाई मन्त्रालयको वेबसाइटमा प्रकाशनका लागि पठाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ५७ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि