स्वास्थ्य मन्त्रालयले माग्यो प्रचलित विधायनहरूको विवरण « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो प्रचलित विधायनहरूको विवरण


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका विभाग तथा संघीय अस्पतालहरूलाई आफूअन्तर्गत लागू भएका प्रचलित विधायनहरूको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको प्रशासन महाशाखा (कानुन शाखा) ले जारी गरेको पत्रमा विधायन ऐन, २०५१ को दफा ३० अनुसार नेपाल सरकार, मन्त्रिपरिषद् वा मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत वा जारी भएका प्रचलित विधायनहरूको अद्यावधिक विवरण संकलन गर्न लागिएको जनाएको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अद्यावधिक तथा प्रकाशनका लागि पठाउनुपर्ने भएकाले सम्बन्धित निकायहरूलाई निर्धारित ढाँचामा विवरण तयार गरी पठाउन अनुरोध गरिएको छ । पत्रअनुसार विधायनको नाम, जारी गर्ने अधिकार प्रदान गर्ने कानुनी व्यवस्था, स्वीकृत गर्ने निकाय, कुल पृष्ठ संख्या, स्वीकृत मिति, लागू मिति तथा कैफियतसहितको विवरण उपलब्ध गराउनुपर्नेछ ।

मन्त्रालयले उक्त विवरण २०८३ असार १० गतेभित्र पठाइसक्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ । पत्र स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा सबै संघीय अस्पतालहरूलाई सम्बोधन गरिएको छ ।

कानुन अधिकृत सुरेश प्रसाद चौलागाईंले हस्ताक्षर गरेको उक्त पत्रको बोधार्थ सूचना प्रविधि शाखालाई मन्त्रालयको वेबसाइटमा प्रकाशनका लागि पठाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ५७ बजे

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना