बेल्जियमसँग बराबरीपछि इरानी टोलीले ड्रेसिङ रुममा छाड्यो भावनात्मक सन्देश ! « Khabarhub

बेल्जियमसँग बराबरीपछि इरानी टोलीले ड्रेसिङ रुममा छाड्यो भावनात्मक सन्देश !


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको राष्ट्रिय फुटबल टोलीले आइतबार बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि विश्वकप आयोजक सहर लस एन्जलसका लागि ड्रेसिङ रुममा धन्यवाद सन्देश छाडेको छ।

इरान फुटबल महासंघले टेलिग्राममार्फत् उक्त सन्देश सार्वजनिक गरेको छ ।

‘हजारौँ वर्ष पुरानो फारसी सभ्यतादेखि आधुनिक इरानसम्म, इरानी भावना आज पनि जीवित र अटल छ। हामी गर्वका साथ लस एन्जलस आयौँ, सम्मानका साथ खेल्यौं र गरिमाका साथ यहाँबाट बिदा हुँदैछौँ। लस एन्जलस, तपाईंको आतिथ्यताका लागि धन्यवाद।’

इरानले आफ्नो पहिलो दुई खेल लस एन्जलसमै खेलेको थियो। अब टोलीले अर्को खेल सियाटलमा इजिप्टविरुद्ध खेल्नेछ।

यात्रासम्बन्धी प्रतिबन्धका कारण इरानी टोली प्रतियोगिताभर मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा बसिरहेको छ।

त्यहाँबाट खेलाडीहरू प्रत्येक खेलका लागि अमेरिका आवतजावत गरिरहेका छन्। यस व्यवस्थाप्रति टोलीका प्रशिक्षक र खेलाडीहरूले यसअघि पनि असन्तुष्टि जनाएका थिए।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : १८ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द