बेल्जियमसँग बराबरीपछि इरानी टोलीले ड्रेसिङ रुममा छाड्यो भावनात्मक सन्देश ! « Khabarhub

बेल्जियमसँग बराबरीपछि इरानी टोलीले ड्रेसिङ रुममा छाड्यो भावनात्मक सन्देश !


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानको राष्ट्रिय फुटबल टोलीले आइतबार बेल्जियमसँग गोलरहित बराबरी खेलेपछि विश्वकप आयोजक सहर लस एन्जलसका लागि ड्रेसिङ रुममा धन्यवाद सन्देश छाडेको छ।

इरान फुटबल महासंघले टेलिग्राममार्फत् उक्त सन्देश सार्वजनिक गरेको छ ।

‘हजारौँ वर्ष पुरानो फारसी सभ्यतादेखि आधुनिक इरानसम्म, इरानी भावना आज पनि जीवित र अटल छ। हामी गर्वका साथ लस एन्जलस आयौँ, सम्मानका साथ खेल्यौं र गरिमाका साथ यहाँबाट बिदा हुँदैछौँ। लस एन्जलस, तपाईंको आतिथ्यताका लागि धन्यवाद।’

इरानले आफ्नो पहिलो दुई खेल लस एन्जलसमै खेलेको थियो। अब टोलीले अर्को खेल सियाटलमा इजिप्टविरुद्ध खेल्नेछ।

यात्रासम्बन्धी प्रतिबन्धका कारण इरानी टोली प्रतियोगिताभर मेक्सिकोको सीमावर्ती सहर टिजुआनामा बसिरहेको छ।

त्यहाँबाट खेलाडीहरू प्रत्येक खेलका लागि अमेरिका आवतजावत गरिरहेका छन्। यस व्यवस्थाप्रति टोलीका प्रशिक्षक र खेलाडीहरूले यसअघि पनि असन्तुष्टि जनाएका थिए।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : १८ बजे

मध्यपूर्व तनावबीच क्यास्पियन सागरमा इरानी जहाजमाथि हमला, युक्रेन र इरान आमनेसामने

तेहरान – क्यास्पियन सागरमा आफ्नो व्यावसायिक जहाजमाथि युक्रेनले ड्रोन तथा

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि