फ्लप भयो ‘रोल नम्बर १’ « Khabarhub

फ्लप भयो ‘रोल नम्बर १’


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सबैभन्दा बढी व्यापार गर्ने फिल्मको निर्माताको क्रिडिट लिएर बिनोद पौडेलको लागानीमा बनेको ‘रोल नम्बर १’ फ्लप भएको छ ।

जेठ १५ बाट प्रदर्शनमा आएको यस फिल्मले असार ७ गतेसम्म मात्रै एक करोड ५५ लाख ग्रस कलेक्सन गरेको छ । यसले फिल्म बक्स अफिसमा फ्लप भएको पुष्टि गर्छ ।

चलचित्र विकास बोर्डका अनुसार यो फिल्म हेर्नका लागि ५७ हजार १३२ वटा टिकट बिक्री भएको छ ।

यस फिल्ममा नायक मुकुन भुसाल, नायिका रेणुनाथ योगी र बाल कलाकार निर्भिक रेग्मी शीर्ष भूमिकामा छन् ।

सेभेन सिज ब्यानरमा बनेको यो फिल्मका निर्माता बिनोदले प्रचारका लागि ‘पूर्णबहादुरको सारङ्गी’लाई पनि हतियार बनाएका थिए । प्रचार सामाग्रीमा लेखिएको थियो, ‘फ्रम द मेकर अफ पूर्णबहादुरको सारङ्गी’ । तर, हलमा दर्शकको खडेरी लाग्यो ।

बिनोद ‘पूर्णबहादुरको सारङ्गी’का सोलो मेकर भने होइनन् । उक्त फिल्म बनाउने टोली विभाजन भइसकेको छ । विभाजित दुवै टोलीले आफूलाई ‘पूर्णबहादुरको सारङ्गी’को मेकर भन्दै क्रेडिट लिइरहेका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ४९ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम