यस्ता छन् अमेरिका-इरान वार्ताबाट सहमति जुटेका मुख्य ८ बुँदा « Khabarhub

यस्ता छन् अमेरिका-इरान वार्ताबाट सहमति जुटेका मुख्य ८ बुँदा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जेनेभा- मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इरान र संयुक्त राज्य अमेरिकाबीच स्विट्जरल्यान्डको बर्गेनस्टक रिसोर्टमा भएको पहिलो चरणको वार्ता सोमबार सम्पन्न भएको छ ।

दुवै पक्षले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने रोडम्यापमा सहमति जनाउँदै प्राविधिक तहका वार्ता निरन्तर जारी राख्ने निर्णय गरेका छन् ।अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बर्गेनस्टकमा पहिलो चरणको वार्ता भएको छ।

पाकिस्तानसहितको उपस्थितिमा भएको यो पहिलो चरणको वार्तापछि सहमतिका बुँदा पनि सार्वजनिक भएका छन् ।

पाकिस्तान र कतार दुवै देशका विदेश मन्त्रालयले अमेरिका-इरान सम्झौताका केही मुख्य बुँदा सार्वजनिक गरेका छन्।

पाकिस्तान र कतारको मध्यस्थतामा सम्पन्न वार्तापछि जारी संयुक्त विज्ञप्तिअनुसार तेहरान र वासिङ्टनद्वारा गठित उच्चस्तरीय समितिले अन्तिम सम्झौताका लागि कार्ययोजना तय गरेको छ ।

बाँकी प्राविधिक विषयमा यसै साता बर्गेनस्टकमा थप छलफल हुने जनाइएको छ ।

वार्ताका क्रममा लेबनानमा सैन्य गतिविधिको अन्त्य कार्यान्वयन सुनिश्चित गर्न अमेरिका, इरान, लेबनानी सरकार तथा मध्यस्थकर्ताको सहभागितामा द्वन्द्व व्यवस्थापन संयन्त्र स्थापना गर्ने सहमति पनि भएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले यसलाई शान्ति प्रक्रियाको पहिलो वास्तविक परीक्षणका रूपमा उल्लेख गरेका छन् ।

त्यसैगरी, ‘स्ट्रेट हफ हर्मुज’ हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित आपसी भ्रम र घटनाबाट बच्न दुवै पक्षले विशेष ‘सञ्चार लाइन’ स्थापना गरेका छन् ।

यो व्यवस्था प्रारम्भिक समझदारीपत्रमा उल्लेख गरिएको ६० दिने अवधिभर लागू रहनेछ ।

इरानी विदेशमन्त्री अराघचीले सामाजिक सञ्जाल एक्समार्फत तेल तथा पेट्रोकेमिकल निर्यातसम्बन्धी प्रतिबन्ध हटाइएको, केही रोक्का सम्पत्ति फुकुवा गरिएको र पुनर्निर्माण तथा विकास कार्यक्रम सुरु गरिएको दाबी गरे।

यद्यपि पाकिस्तान-कतारको संयुक्त विज्ञप्तिमा इरानी सम्पत्ति फुकुवासम्बन्धी कुनै उल्लेख गरिएको छैन ।

यसअघि हस्ताक्षर भएको समझदारीपत्रमा अमेरिकाले इरानमाथिका सबै प्रकारका प्रतिबन्ध अन्त्य गर्ने तथा रोक्का वा प्रतिबन्धित कोष र सम्पत्ति प्रयोगका लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको उल्लेख छ ।

यद्यपि अराघचीको दाबीबारे ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । वार्ताको सफलतासँगै पाकिस्तान र कतारले मध्यस्थकर्ताका रूपमा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय भूमिका निर्वाह गरेका छन् ।

संयुक्त विज्ञप्तिमा दुवै देशले अन्तिम सम्झौतासम्म वार्तालाई रचनात्मक वातावरणमा अगाडि बढाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्ता छन् मुख्य सहमति

१. पहिलो बैठक सम्पन्न, वार्ता जारी रहने : अमेरिका, इरान, कतार र पाकिस्तानका प्रतिनिधिबीच भएको बैठक सकारात्मक रहेको र केही प्रगति भएको बताइएको छ।

२. ६० दिनभित्र अन्तिम सम्झौताको प्रयास : दुवै पक्षले ६० दिनभित्र अन्तिम सहमतिमा पुग्ने लक्ष्य राखेका छन्।

३. प्राविधिक तहको वार्ता सुरु हुने : अब परमाणु कार्यक्रम, प्रतिबन्ध र अन्य प्राविधिक विषयमा विज्ञ टोलीबीच विस्तृत छलफल हुनेछ।

४. निगरानीका लागि उच्चस्तरीय समिति गठन : वार्ताको प्रगति र कार्यान्वयन अनुगमन गर्न विशेष समिति गठन गरिनेछ।

५. अमेरिका र इरानबीच प्रत्यक्ष सम्पर्क संयन्त्र : तनाव वा गलतफहमी उत्पन्न भएमा तुरुन्त संवाद गर्न ‘हटलाइन’जस्तै प्रत्यक्ष सम्पर्क प्रणाली स्थापना गरिनेछ।

६. होर्मुज क्षेत्रमा जहाज सुरक्षामा जोड : समुद्री व्यापार र तेल ढुवानी सुरक्षित राख्न प्रत्यक्ष सम्पर्क संयन्त्र महत्वपूर्ण मानिएको छ।

७. लेबनानका लागि छुट्टै निगरानी प्रणाली : युद्धविराम कायम राख्न र तनाव नबढोस् भनेर ‘डी–कन्फ्लिक्शन सेल’ गठन गरिनेछ।

८. यस साताभर वार्ता जारी रहने : प्राविधिक तहका छलफलहरू बर्गेनस्टकमा साताभर सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ३७ बजे

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी– मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन