चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ « Khabarhub

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।

पोखरा महानगरपालिका-१५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ३४ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको