चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ « Khabarhub

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कास्की– चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ शिवनगर टोल बस्ने सर्लाही लालबन्दी नगरपालिका-१७ घर भएका ३५ वर्षीय भुवन बहादुर साह शंकर र कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भएका ३५ वर्षीय बिराज सुनार रहेका छन् ।

पोखरा महानगरपालिका-१५ मेरिगोल्ड बस्ने मनिसा थापाको घरबाट गत २४ गते सुनका विभिन्न गरगहना र नगद चोरी भएको घटनाको अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न भुवनलाई प्रहरी प्रभाग काँडाघारी काठमाडौंको सहयोगमा पक्राउ गरेको हो । 

थप अनुसन्धानको क्रममा चोरी गरिएका सुनका गरगहना बिराजलाई बिक्री गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनलाई समेत पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ८१ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

उनी उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ३४ बजे

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण