कतारको रास लाफानमा विस्फोट : १८ जना बेपत्ता, ५४ जना घाइते « Khabarhub

कतारको रास लाफानमा विस्फोट : १८ जना बेपत्ता, ५४ जना घाइते


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् ।

कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो । उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख केन्द्रका रूपमा परिचित छ ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको र आपतकालीन उद्धार टोली परिचालन गरिएको जनाएको छ ।
यसअघि जारी अर्को विज्ञप्तिमा विस्फोटपछि सार्वजनिक सुरक्षामा असर पार्ने खालको कुनै ग्यास चुहावट वा अन्य जोखिम नदेखिएको उल्लेख गरिएको थियो ।

रास लाफान क्षेत्र हालैको युद्धका क्रममा इरानको निशानामा परेको थियो र त्यसपछि केही सातासम्म बन्द रहेको थियो । कतारी अधिकारीहरूका अनुसार बरजान ग्यास प्रशोधन केन्द्रमा पुनः सञ्चालनको प्रयास भइरहेका बेला उक्त विस्फोट भएको हो । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  २ : ३३ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको