बिहानै थालिने भनिएको रास्वपा बन्दसत्र अड्कियो : पाँच घण्टादेखि छलफलमा रवि र बालेन « Khabarhub

बिहानै थालिने भनिएको रास्वपा बन्दसत्र अड्कियो : पाँच घण्टादेखि छलफलमा रवि र बालेन



चितवन– राष्ट्रिय स्वतन्त्र पार्टीका दुई शीर्ष नेताहरूबीच पाँच घण्टादेखिको छलफल  अझै सकिएको छैन । दुई नेताबीचको छलफल नसकिएकाले बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्दसत्र अझै अघि बढेको छैन। 

पहिलो महाधिवेशनमा उपस्थित नेताहरू बन्दसत्र चाँडो सुरुवात हुनुपर्ने माग राखिरहेका छन् । तर दुई नेताहरूले अहिलेसम्म बन्द सत्रमा प्रस्तुत हुने विषय वस्तु टुंगो लगाउन सकेका छैनन् ।

प्रदेशका प्रतिनिधिको संख्या मिलाउँदा र विवाद समाधानका निम्ति दुई नेता जुटिरहेका छन् । यति मात्रै होइन, सभापति रवि लामिछानेले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन पनि वरिष्ठ नेता बालेन्द्र शाहसँग संवादमा जुटिरहेको उनीहरूको सचिवालय बताउँछ । 

सचिवालयका अनुसार बन्द सत्रमा रविले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन प्रधानमन्त्री शाहले समेत चासो व्यक्त  गरेका छन्। दुई नेताहरू छलफल टुङ्ग्याएर प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागेका छन् । 

लटौली स्याङ्चुरी रिसोर्टमा दुई नेताबीच छलफल भइरहेको छ ।  अहिले दुई नेताहरूबीचको छलफलमा अरु नेता समावेश गरिएको छैन। बिहानको छलफलमा उपसभापति डा. स्वर्णिम वाग्ले पनि उपस्थित थिए। स्वर्णिमसँगै बालेनले सुनिल लम्साल र सस्मित पोखरेललाई पनि केही समय राखेको स्रोतको दाबी छ। 

बन्दसत्रमा रास्वपा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । राजनीति प्रतिवेदनमा छुटेका कुरा समावेश गर्न बालेनले सुझाव दिएका थिए। राजनीति प्रतिवेदनमा अरु दलप्रति, सरकारप्रतिको दृष्टिकोण, अन्तर्राष्ट्रिय सम्बन्ध अर्थनीति लगायत टुङ्ग्याएका हुन् । 

सहमतिबारे छलफल

दुई नेताहरूबीच राजनीति प्रतिवेदनसँगै पदाधिकारीमा मनोनीत गर्ने र चुनावमा जान स्वतन्त्र छाडिदिनेबारे पनि छलफल भइरहेको छ ।

बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन गर्नेहरू अगाडि सार्ने भन्ने विषयमा नामै किटान गरेर दुई नेताले छलफल गरेको सचिवालय बताउँछ ।

‘दुई नेताहरू महाधिवेशन केन्द्रित छलफल गरिरहनुभएको छ। बन्द सत्रमा नेतृत्व सर्वसमत गर्दा कस-कसलाई सचिवालय सदस्यमा पठाउने, पदाधिकारीमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ’ बालेनको सचिवालयका एक सदस्यले भने, ‘दुई नेताले कुन व्यक्तिलाई कुन पदीय जिम्मेवारी दिँदा ठिक हुन्छ भन्ने विषय अन्तिम रूप लगाउँदै हुनुहुन्छ। बन्द सत्रमा प्रस्तुत गरेर सहमति भए टुङ्गिन्छ, नभएको विषयमा चुनाव हुने नै भयो।’ 

रविको सचिवालय स्रोतका अनुसार  नेताहरूले सर्वसहमतिको प्रस्तावलाई अगाडि बढाउँदा पदाधिकारी र सचिवालयको टिमको नाममा सहमति गर्ने प्रयास गरेका छन्। अहिले महामन्त्री, उपसभापति, सह-महामन्त्री लगायत टुङ्ग्याउन नेताहरूलाई सकस परेको छ ।

दुवै जना नेताको सचिवालय स्रोतका अनुसार ९९ केन्द्रीय सदस्यलाई भने स्वतः निर्वाचनबाट छानिनेछ। ९९ केन्द्रीय सदस्यका लागि पार्टीमा करिब ४ ५०० नेताहरू आकांक्षी छन्। 

अनुशासन आयोगको प्रतिवेदन पनि केलाउँदै

बन्दसत्रको सुरुवातमा अनुशासन आयोगतर्फबाट रमाकान्त रिमालले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ ।  यो प्रतिवेदनलाई पनि सभापति रवि र बालेनले अन्तिम रूप दिएका छन्।

रिमालनिकट नेताले दिएको जानकारी अनुसार यो प्रतिवेदनलाई दुई नेतासँगै बसेर टुङ्ग्याएका हुन् । अनुशासनको विषयमा रिमाललाई उनीहरूले सुझाव दिएका थिए। त्यही अनुसार प्रतिवेदन अन्तिम अवस्थामा पुगेको स्रोत बताउँछ । 

अनुशासन आएको प्रतिवेदनसँगै विधान पनि नेताहरूले टुङ्गो लगाउँदै छन्। विधानलाई पनि अन्तिम रूप दिने काम वरिष्ठ नेता र सभापतिले गरेको विधान कार्यदलका नेता बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विधान सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा कार्यदलले संशोधन गरेको थियो। त्यो विधान बन्दसत्र हलबाट पारित हुनेछ।

‘४ बजे अगाडि बन्दसत्र सुरु हुने अवस्था छैन, नेताहरूले महत्त्वपूर्ण विषय टुङ्ग्याउँदै हुनुहुन्छ भन्ने जानकारी छ। समानुपातिक समावेशिता र लोकतन्त्रलाई प्राथमिकतामा राखेर दुई नेताहरूले प्रस्तावित खाका तयार पारेर बन्द सत्रमा प्रस्तुत गर्नुहुन्छ। त्यसमा कसैको विमति भए छलफल गर्ने तयारी छ’, महाधिवेशन स्थलबाट एक प्रतिनिधिले खबरहबलाई भने, ‘उहाँहरूले कार्यसमितिमा कस्ता व्यक्ति पठाउने र सचिवालयमा कस्ता व्यक्तिहरूलाई राख्ने भन्ने समूहगत रुपमा स्पष्ट सहमतिको खाका ल्याएर बन्दसत्रमा प्रस्तुत गर्ने भएकाले ढिलो भएको हो।’

प्रधानमन्त्री वालेन्द्र सरकारको काममा व्यस्त भएकाले यी विषय टुंग्याउन नसकेकाले अहिले छलफल भइरहेको बताइन्छ। उद्घाटन सत्रमा दुई दिन पार्टीको काम गर्ने उल्लेख गरेका थिए।

महामन्त्री कवीन्द्र बुर्लाकोटी र भूपदेव शाहले पनि महाधिवेशन पछाडि कुनै गुट उपगुट नरहने गरी पार्टीलाई एक ढिक्का बनाउने काम भइरहेको बताएका छन्।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ३ : ०४ बजे

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा

कोटेश्वरमा कारले चार मोटरसाइकललाई ठक्कर दिँदा पाँच जना घाइते

काठमाडौं – काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी नजिक सोमबार भएको सवारी दुर्घटनामा

उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई