रास्वपा महाधिवेशन लम्बिन सक्ने अनुमान « Khabarhub

रास्वपा महाधिवेशन लम्बिन सक्ने अनुमान


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन कार्यतालिका प्रभावित भएपछि लम्बिन सक्ने अनुमान गरिएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ, जसका कारण कार्यक्रम ढिला हुन सक्ने देखिएको हो।

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्ने तयारी गरिएको छ। सो जिम्मेवारी राम लक्ष्मण समूहलाई दिइएको जनाइएको छ। तर हालसम्म प्रतिनिधिहरूको नामावली पूर्ण रूपमा नबुझाइएकाले मतदान र अन्य प्रक्रियामा ढिलाइ हुन सक्ने स्रोतहरूले बताएका छन्।

बिहान ८:३० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

यसैबीच बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनलाई अन्तिम रूप दिन पार्टी नेतृत्वबीच छलफल जारी छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच करिब पाँच घण्टादेखि छलफल भइरहेको छ।

दुवै नेताले बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदन र अन्य एजेन्डा टुंग्याउने प्रयास गरिरहेका छन्। छलफल लम्बिएपछि महाधिवेशनको समग्र कार्यक्रम प्रभावित भएको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अहिले अनिश्चित ढिलाइतर्फ गएको देखिएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ३ : ३५ बजे

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना