रास्वपा महाधिवेशन लम्बिन सक्ने अनुमान « Khabarhub

रास्वपा महाधिवेशन लम्बिन सक्ने अनुमान


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन कार्यतालिका प्रभावित भएपछि लम्बिन सक्ने अनुमान गरिएको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ, जसका कारण कार्यक्रम ढिला हुन सक्ने देखिएको हो।

महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ प्रणाली प्रयोग गर्ने तयारी गरिएको छ। सो जिम्मेवारी राम लक्ष्मण समूहलाई दिइएको जनाइएको छ। तर हालसम्म प्रतिनिधिहरूको नामावली पूर्ण रूपमा नबुझाइएकाले मतदान र अन्य प्रक्रियामा ढिलाइ हुन सक्ने स्रोतहरूले बताएका छन्।

बिहान ८:३० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अहिलेसम्म सुरु हुन सकेको छैन।

यसैबीच बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदनलाई अन्तिम रूप दिन पार्टी नेतृत्वबीच छलफल जारी छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह बीच करिब पाँच घण्टादेखि छलफल भइरहेको छ।

दुवै नेताले बन्दसत्रमा प्रस्तुत हुने प्रतिवेदन र अन्य एजेन्डा टुंग्याउने प्रयास गरिरहेका छन्। छलफल लम्बिएपछि महाधिवेशनको समग्र कार्यक्रम प्रभावित भएको बताइएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन अहिले अनिश्चित ढिलाइतर्फ गएको देखिएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ३ : ३५ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको