सभामुखमाथिको प्रहसन कमेडी दरबारलाई महँगो : बिपै बिपको रहस्य यस्तो ! « Khabarhub

सभामुखमाथिको प्रहसन कमेडी दरबारलाई महँगो : बिपै बिपको रहस्य यस्तो !


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिक्की अग्रवाल निर्देशित टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ प्रेस काउन्सिल नेपालको टेलिफोन निर्देशनका कारण चर्चामा छ ।

यस टेलिफोनको प्रभाव कार्यक्रमको नवौं एपिसोडमा देखिन्छ- ११ स्थानमा बिप प्रयोग भएको छ ।

अश्लील संवाद नभइ सभामुख महोदय भनेको स्थानमा बिप राखिएको हो ।

कार्यक्रममा कलाकार सरोज भण्डारीले सभामुख डीपी आर्यालको नक्कल गरेका थिए । सुजन जिम्बाले मर्यादा पालकको भूमिका निर्वाह गरेका थिए ।

एक अधिवक्ताले उजुरी दिएपछि यस विषयमा प्रेस काउन्सिलको ध्यान गएको हो ।

के भन्छ प्रेस काउन्सिल ?

प्रतिनिधिसभाको लोगो दुरुपयोग भएको दाबीसहितको उजुरी आएपछि आफूहरूले कार्यक्रम निर्माण टोलीसँग टेलिफोन संवाद गरेको प्रेस काउन्सिलका प्रवक्ता दीपक खनालले स्पष्ट पारे ।

उनले भने, ‘ठ्याक्कै मिल्ने लोगो प्रयोग गर्नु भएको रहेछ । यस्तो त गर्न मिल्दैन नि ।’

आफूहरूले बिप राख्ने विषयमा कुनै पनि निर्देशन नदिएको उनको दाबी छ । उनी थप्छन्, ‘हाम्रो सरोकार लोगोमा मात्रै थियो । बिप, कन्टेन्टको विषयमा कुनै निर्देशन भएको छैन ।’

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी र सभामुखको तर्फबाट उजुरी आएको भन्ने विषयलाई उनले अस्वीकार गरे । उनले भने, ‘वकिलबाट आएको उजुरी हो । यहाँ कुनै राजनीतिक व्यक्ति अथवा पार्टी प्रत्यक्ष जोडिएको हामीलाई जानकारी छैन ।’

बिक्कीको दाबी अर्कै

काउन्सिलका प्रवक्ता खनालले दाबी गरे जस्तै मात्रै दरबार निर्माण पक्षलाई टेलिफोनमा निर्देशन नगएको निर्देशक बिक्की अग्रवाले खबरहबसँग गरेको कुराकानीले प्रष्ट हुन्छ ।

बिक्कीका अनुसार काउन्सिलले सुरुमा तोकेरै ‘जोक्स’हरू काट्न निर्देशन दिएको थियो ।

उनले खबरहबसँग भने, ‘जोक्स नै यो हटाउनु भनेर निर्देशन दिएपछि एकछिन विवाद नै भएको थियो । पछि उहाँहरू लचक हुनुभएको हो ।’

बिक्कीका अनुसार काउन्सिलबाट कार्यक्रमकी अर्की निर्देशक श्रद्धा प्रसाईंलाई फोन आएको थियो । बिक्की र श्रद्धा श्रीमान्–श्रीमती पनि हुन् ।

पछि काउन्सिलले ‘सभामुख महोदय’ भन्ने शब्दमा आपत्ति जनाएको बिक्कीले बताए । राजकीय मर्यादाक्रमको विषयसँग जोडेपछि आफूहरू कन्भिन्स भएको उनले सुनाए ।

उनले भने, ‘सभामुख भनेको संवैधानिक र सम्माननीय पद हो । ‘सभामुख महोदय’ सभामुखकै सम्मानका लागि प्रयोग गरिने शब्द हो । यो मर्यादाक्रमसँग जोडिन्छ, हटाइदिनू भनेपछि हामी कन्भिन्स भयौं ।’

‘सभामुख महोदय’ भन्ने शब्द हटाउन दुई मध्ये सहज बिकल्प स्वरुप आफूले बिप प्रयोग गरेको उनले प्रष्ट पारे ।

स्पष्ट पार्न उनले भने, ‘कि कलाकारहरूको पर्फमेन्स हटाउने कि बिप राख्ने बिकल्प थियो । पर्फमेन्स हटाउँदा कार्यक्रम अधुरो हुने भयो, सन्देश पनि फरक जाने भयो । त्यसैले बिप प्रयोग गर्ने निर्णय गरियो ।’

कलाकार असन्तुष्ट

यसअघि यस्ता प्रकृतिको कार्यक्रम अश्लील शब्द र गम्भीर प्रकृतिका अभिव्यक्तिले विवादमा परे पनि कुनै निकाय अग्रसर भएर सेन्सर गतिविधिमा सहभागी भएको अभ्यास सुनिएको थिएन । यो पहिलो पटक भयो ।

सभामुखकै नक्कल गर्ने सरोज भण्डारीले सभामुख निकट व्यक्तिबाटै सेन्सरका लागि प्रयास भएको दाबीसहितको अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

कार्यक्रममा बिप राख्नु परेको विषयलाई भण्डारीले राजनीति र संसदीय व्यवस्था बुझेका सभामुख डीपी आर्यालबाट कमेडी नबुझेको परिणाम भनेका छन् ।

भण्डारीले थपेका छन्, ‘यो कुरा तपाईंलाई थाहा नहुन पनि सक्छ । तपाईंका भाइहरूले बचाउन खोजेका होलान् । तर, यो बचाउने भन्दा पनि सक्ने बाटो हो । आवाज र क्यारिकेचर रोकिनु भनेको अप्ठ्यारो कुरा हो ।’

उक्त कार्यक्रमका अर्का कलाकार सीडी विजय अधिकारीले यो विषयलाई वाक स्वतन्त्रतामाथिको प्रहारका रुपमा अर्थ लगाएका छन् । उनको प्रश्न छ, ‘के हामी पहिलाभन्दा कम वाक स्वतन्त्रतामा हो र ? लोकतन्त्रमा हैन र हामी ?’

सामाजिक सञ्जालमा यस विषयमा धेरैले आपत्ति जनाएका छन् । अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको भन्दै सरकारको विरोध भएको छ ।

सभामुख पक्षबाट कुनै पनि स्पष्टीकरण र चासो व्यक्त भएको छैन । काउन्सिल यस विषयमा अनुसन्धान भइरहेको बताउँछ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ४ : ०० बजे

ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेका बेला

पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस

पोखरा– नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा

आर्थिक गणना : १३ लाखभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाख भन्दा बढी

पर्यटनको नयाँ सम्भावना बोकेको चमेरा गुफा

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित लिउत गाउँ जाने बाटोमाथि पर्ने

जोरायलले संरक्षण गर्दै बासमती धान

काठमाडौं– सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायलले बासमती धानको संरक्षण गर्दै यसको