मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल « Khabarhub

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक बनाउने भएका छन् ।

काठमाडौंको कालोपुलमा एक कार्यक्रम आयोजना गरी सोमबार फिल्म निर्माणबारे जानकारी दिइएको हो ।

यस बायोपिकका लागि नायक महेश त्रिपाठी र नायिका केकी अधिकारी फाइनल भएका छन् । मदनकृष्णको भूमिकाका लागि महेश र उनकी श्रीमती यसोदा सुबेदीको भूमिकामा केकी अनुबन्ध भएको बताइएको छ ।

मदनकृष्ण र उनका कलाकारिताका जोडी हरिवंशले संयुक्तरुपमा पोस्टर सार्वजनिक गरे ।

मदनकृष्णको पर्दाअघि र पछाडिको जीवन दर्शकले सुक्ष्म ढंगले फिल्ममा देख्न पाउने निर्देशक चाम्सले बताए ।

मदनकृष्ण अहिले ७६ वर्षका भए । उनी शारीरिक रुपमा कमजोर बन्दै गएका छन् । उनी एक व्यक्तिको साहारामा मात्रै सार्वजनिक कार्यक्रममा देखिने गर्छन् ।

आफ्नो बायोपिकलाई लिएर उनी उत्साहित छन् । उनी भन्छन्, ‘दर्शकले मेरो जीवन थप नजिकबाट थाहा पाउनुहुन्छ ।’

चाम्सले निर्देशन गर्न लागेको यो चौथो बायोपिक हो । यसअघि उनले नेपाली फुटबल खेलाडी अञ्जिला तुम्बापोको बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए ।

यस फिल्मको कथा र पटकथा यम थापाले लेखेका हुन् । निर्माता भने राजकुमार श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ०८ बजे

आप्रवासी नीतिमा ट्रम्पको आत्मसमीक्षा : कठोरता बढी भएको स्वीकार

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध आफ्नो प्रशासनले

एनपीएलमा युवराज सम्राको २३ बलमै अर्धशतक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को जारी सिजनमा पोखरा एभेन्जर्सका

जलवायु संकट र भूराजनीतिक तनावबीच कोप–३१ सम्मेलन टर्कीमा सुरु

एजेन्सी– विश्वव्यापी तापक्रम वृद्धि, आर्थिक चुनौती र भूराजनीतिक तनावबीच संयुक्त राष्ट्रसङ्घीय

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने तेहरानको चेतावनी

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने

सरकारले सिफारिस गरेका दुई अध्यादेश राष्ट्रपति कार्यालयमा, अध्ययन हुँदै

काठमाडौँ– सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश राष्ट्रपति कार्यालयमा पुगेका छन् ।