मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल « Khabarhub

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक बनाउने भएका छन् ।

काठमाडौंको कालोपुलमा एक कार्यक्रम आयोजना गरी सोमबार फिल्म निर्माणबारे जानकारी दिइएको हो ।

यस बायोपिकका लागि नायक महेश त्रिपाठी र नायिका केकी अधिकारी फाइनल भएका छन् । मदनकृष्णको भूमिकाका लागि महेश र उनकी श्रीमती यसोदा सुबेदीको भूमिकामा केकी अनुबन्ध भएको बताइएको छ ।

मदनकृष्ण र उनका कलाकारिताका जोडी हरिवंशले संयुक्तरुपमा पोस्टर सार्वजनिक गरे ।

मदनकृष्णको पर्दाअघि र पछाडिको जीवन दर्शकले सुक्ष्म ढंगले फिल्ममा देख्न पाउने निर्देशक चाम्सले बताए ।

मदनकृष्ण अहिले ७६ वर्षका भए । उनी शारीरिक रुपमा कमजोर बन्दै गएका छन् । उनी एक व्यक्तिको साहारामा मात्रै सार्वजनिक कार्यक्रममा देखिने गर्छन् ।

आफ्नो बायोपिकलाई लिएर उनी उत्साहित छन् । उनी भन्छन्, ‘दर्शकले मेरो जीवन थप नजिकबाट थाहा पाउनुहुन्छ ।’

चाम्सले निर्देशन गर्न लागेको यो चौथो बायोपिक हो । यसअघि उनले नेपाली फुटबल खेलाडी अञ्जिला तुम्बापोको बायोपिक ‘अञ्जिला’ निर्देशन गरेका थिए ।

यस फिल्मको कथा र पटकथा यम थापाले लेखेका हुन् । निर्माता भने राजकुमार श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ०८ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र