पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस « Khabarhub

पोखरामा ८ हजारभन्दा बढीले एकसाथ मनाए अन्तर्राष्ट्रिय योग दिवस


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालस्थित भारतीय दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरा रंगशालामा १२औँ अन्तर्राष्ट्रिय योग दिवस भव्य रूपमा मनाइएको छ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, पोखरा महानगरपालिकाका प्रतिनिधि तथा कास्की जिल्ला प्रशासन कार्यालयका अधिकारीहरू पनि उपस्थित थिए।

भारतीय दूतावासका अनुसार कार्यक्रममा ८ हजारभन्दा बढी योग साधक, प्रशिक्षक तथा योगप्रेमीहरूको सहभागिता रहेको थियो।

भारतीय दूतावास र पोखरा महानगरपालिकाले सन् २०२३ देखि संयुक्त रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आएका छन्। पछिल्ला वर्षहरूमा यो कार्यक्रम पोखराको प्रमुख वार्षिक कार्यक्रमका रूपमा स्थापित हुँदै गएको दूतावासले जनाएको छ।

ठूलो संख्यामा भएको सहभागिताले योगप्रतिको आकर्षण बढ्दै गएको तथा स्वस्थ जीवनशैलीका लागि योगलाई अपनाउने प्रवृत्ति विस्तार भइरहेको संकेत गरेको आयोजकहरूको भनाइ छ। यसका साथै, यसले नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

यस वर्षको अन्तर्राष्ट्रिय योग दिवस ‘स्वस्थ बुढ्यौलीका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको थियो।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ३१ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।