ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या « Khabarhub

ओलीमाथि दबाब बढ्दै गर्दा एमालेका जनसंगठनको भेलामा पुगिन् विद्या


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रियता बढाउन थालेकी छन्।

जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्ती मनाउने उद्देश्यसहित एमालेनिकट २४ वटा जनसंगठनहरूको सोमबार काठमाडौंमा भएको भेलामा भण्डारीले उपस्थिति जनाइन्।

अध्यक्ष ओलीले जनसंगठनमा बलियो पकड बनाएर लामो समयदेखि आफ्नो इशारामा चलाइरहेका थिए । तर सोमबार भण्डारीलाई बोलाएर एमालेका जनसंगठनहरूले असार १४ गते देशभर मदनको जन्मजयन्ती मनाउने निर्णय गरेका हुन् ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न भेलामा नेताहरूले यस वर्षको जन्मजयन्तीलाई रचनात्मक, वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढाउने बताए ।

सहभागी प्रतिनिधिहरूले कार्यक्रमलाई सफल बनाउन सबै जनसंगठनहरूलाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता जनाए ।

पूर्वराष्ट्रपति भण्डारीलाई बोलाएरै उक्त भेला गरिएको हो । भेलामा बोल्दै एमाले सचिव भानुभक्त ढकालले मदन भण्डारीको जन्मजयन्तीलाई औपचारिकतामा मात्रै सीमित नराखी रचनात्मक कार्यक्रममार्फत् देशभर मनाउन अपील गरे।

जननेता भण्डारीले जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर विकसित गरेको राजनीतिक कार्यशैलीलाई व्यवहारमा उतार्नु आजको आवश्यकता भएको उनको जिकिर थियो । ढकाल अहिले ओली संकटमा पर्दा पनि साथ दिने सचिवालयका चारमध्ये एक नेता हुन् ।

पार्टीका २४ वटा जनसंगठनहरूले देशभर कार्यक्रम गरी मदन भण्डारीका विचारलाई जनस्तरसम्म पुर्‍याउन पनि उनले आह्वान गरे ।

भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यस वर्ष जन्मजयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको बताए ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा मुख्य कार्यक्रम आयोजना हुने उनले बताए । त्यहाँ नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, साथै पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने तयारी छन् ।

काठमाडौंमा फाउन्डेसनले असार १४ गते आयोजना गर्ने मुख्य कार्यक्रमलाई सबै जनसंगठनहरूले सहयोग गर्ने निर्णय पनि भेलाले गरेको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ४४ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको