मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख « Khabarhub

मन्थली नगरको बजेट एक अर्ब तीन करोड २० लाख


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मन्थली– मन्थली नगरपालिकाका उपप्रमुख ईश्वरी बस्नेतले आगामी आर्थिक वर्ष २०८३-८४ का लागि एक अर्ब तीन करोड २० लाख १५ हजारका बजेट पेस गरेका छन् ।  

नगरसभाको १९औँ अधिवेशनमा चालुतर्फ ७४ प्रतिशत र पुँजीगततर्फ २६ प्रतिशत बजेट विनियोजन गरिएको छ । उक्त रकम गतवर्षको तुलनामा एक करोड ४५ लाख ४९ हजार कम रहेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवर्षी सापकोटाले बताए। 

उनले भने, ‘चालु आवमा नगरको आन्तरिक आम्दानी घटेका कारण गत वर्षको तुलनामा केही बजेट विनियोजन कम हुन गएको हो ।’ 

नगरप्रमुख लव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभाले आगामी आव २०८३-८४ को नीति तथा कार्यक्रम र  पूँजीगत र चालु बजेटका साथै चालु आवको र पुँजीगत र चालुअन्तर्गत खर्च भएको बजेटको अनुमोदन गरेको छ । 

नगरसभा ‘शिक्षित, स्वस्थ र व्यावसायिक सहर ः उत्थानशील र समृद्ध मन्थली नगर’ भन्ने मूल नाराका साथ आज सम्पन्न भएको छ । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : ५५ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ