रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने « Khabarhub

रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन कार्यतालिका प्रभावित भएको छ । 

महाधिवेशन प्रतिनिधिको नामावली सच्याउनका लागि समय लागेका कारण सोमबारबार लागि तय भएको बन्द सत्र स्थगित गरिएको छ ।

बन्दसत्र मंगलबार बिहान सुरु हुने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । बन्दसत्र प्रभावित हुँदा निर्वाचन कार्यतालिका समेत प्रभावित भएको छ ।

बन्दसत्र रोकिएसँगै रास्वपाको महाधिवेशन एक दिन लम्बिने देखिएको छ ।  रास्वपाको महाधिवेशनले नयाँ कार्यसमिति समेत चयन गर्ने छ ।

महाधिवेशनको सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार उद्घाटन गरेका थिए । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ०७ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा