बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन « Khabarhub

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले थप जनशक्ति परिचालन गरेको छ । भारतबाट दर्जनौंको सङ्ख्यामा दिनहुँ भित्रिने जङ्गली हात्तीको बथानले क्षति पुर्‍याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यका साथ १० जना सुरक्षाकर्मी रहेको ‘स्पेसल टास्कफोर्स’ परिचालन गरिएको हो ।

‘स्पेशल टास्कफोर्स’ बाहुनडाँगी पठाइसकिएको बताउँदै सशस्त्र प्रहरी बल नेपालको नम्बर २ गणका सूचना अधिकारी सुमन पोखरेलले बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघिदेखि २० जना सुरक्षाकर्मी रहँदै आएका जानकारी दिए । उनले भने, ‘अहिले हात्ती नियन्त्रण गर्न भनेर स्पेसल टास्कफोर्सअन्तर्गत १० जना सुरक्षाकर्मी थप गरिएको हो ।’

मेचीनगर नगरपालिका(१ र ४ स्थित बाहुनडाँगी क्षेत्रमा भारतको आसाम र पश्चिम बङ्गालको वन्यजन्तु आरक्षण रहेको जङ्गलबाट नेपालमा हात्तीको बथान भित्रिने गरेका छन् । नौ दिनअघि हात्तीले मेचीनगर–४ की ६२ वर्षीय पदमा पौडेललाई घरमै आक्रमण गर्दा उनको मृत्यु भएको थियो भने केही महिनायता व्यापक मात्रामा अन्न र फलफूल बालीमा क्षति पुर्‍याइरहेको छ ।

हात्तीका कारण स्थानीयवासीले असुरक्षा महसुस गरेपछि झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर स्पेशल टास्कफोर्स खटाउन माग गरेका थिए। सांसद डाँगीले बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मीको स्पेशल टास्कफोर्स परिचालन हुने प्रतिबद्धता जनाएका थिए ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन सुरक्षाकर्मी संलग्न स्पेसल टास्कफोर्स परिचालन गरिने बताए । उनले केही सुरक्षाकर्मी हात्ती नियन्त्रणमा परिचालन भइसकेका जानकारी दिनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको बाहुनडाँगी क्षेत्रमा सुरक्षा चौकी छन् । बाहुनडाँगी बजार, तिरिङ र नकलबन्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकी छ ।

स्पेसल टास्कफोर्समा परिचालित सुरक्षाकर्मी स्थानीयवासीको सुरक्षार्थ राति र दिउँसो गस्ती गर्ने, हात्ती धपाउने र आवश्यकताअनुसार जुनसुकै बेला पनि परिचालन हुने सशस्त्र प्रहरी बल नम्बर २ गणका सूचना अधिकारी पोखरेलले बताए । हात्ती नियन्त्रणका लागि परिचालित प्रहरीको टोली बाहुनडाँगीस्थित ब्यारेकमा बसेको छ । ‘अहिले खटिएकाहरूका लागि छुट्टै ब्यारेकको व्यवस्था छैन’, उनले भने, ‘बाहुनडाँगी ब्यारेकमा बस्ने व्यवस्था गरेका छौँ ।’

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले बाहुनडाँगीमा पहिल्यैदेखि नेपाल प्रहरीको जनशक्ति तैनाथ रहेको जनाउँदै हात्ती नियन्त्रणका लागि भनेर जनशक्ति थप नगरिएको बताउनुभयो । मेचीनगर(४ का सन्तोष सुवेदीले बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणका लागि १० जना थप जनशक्ति आइपुगेको जनाउँदै उहाँहरूले स्थानीय युवाको द्रूत परिचालन टोलीसँग समन्वय गरिएको बताएको छन्।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : २५ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि