विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं « Khabarhub

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले पक्राउ गरेको भन्दै त्यसको कडा विरोध गरेको छ।

सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी प्रेस वक्तव्यमा उपाध्यक्ष पौडेललाई ‘अपहरण शैलीमा’ गिरफ्तार गरिएको उल्लेख गर्दै एमालेले उक्त कदमको घोर निन्दा तथा भर्त्सना गरेको छ । वक्तव्यमा एमाले सधैं कानुनी राज्य, सुशासन र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिएको दाबी गर्दै वर्तमान सरकारले विपक्षी दलहरूमाथि अराजनीतिक र अलोकतान्त्रिक व्यवहार गरिरहेको आरोप लगाइएको छ ।

एमालेले पौडेल पार्टीको सांगठनिक कार्यक्रमका लागि सुर्खेतमा रहेको र कार्यक्रम सम्पन्न गरी भोलिपल्ट काठमाडौं फर्कने पूर्वनिर्धारित कार्यतालिका रहेको जनाएको छ । पार्टीले सामान्य कानुनी प्रक्रिया अपनाएर पनि सोधपुछ गर्न सकिने अवस्था हुँदाहुँदै नियतवश गिरफ्तारी गरिएको दाबी गरेको छ ।

वक्तव्यमा सार्वजनिक पद धारण गरिसकेका तथा कानुनको सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई ‘सस्तो राजनीतिक खपत’ र ‘स्टन्ट’का लागि बदनियतपूर्वक पक्राउ गरिएको आरोप लगाइएको छ। एमालेले यसलाई पार्टी र अध्यक्ष ओलीमाथि भइरहेको श्रृंखलाबद्ध राजनीतिक प्रहार तथा षड्यन्त्रको निरन्तरता भएको उल्लेख गरेको छ।

एमालेले वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावादी तथा अधिनायकवादी बाटोतर्फ उन्मुख भएको आरोप लगाउँदै विपक्षी दलका नेताहरूलाई लक्षित गरेर गरिने यस्ता गतिविधि तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिएको छ।

पार्टीले सरकारका स्वेच्छाचारी तथा लोकतन्त्रविरोधी गतिविधिविरुद्ध सामूहिक प्रतिवाद गर्न सम्पूर्ण देशभक्त, न्यायप्रेमी तथा लोकतान्त्रिक शक्तिलाई एकजुट हुन आह्वान समेत गरेको छ।

उपाध्यक्ष पौडेलको गिरफ्तारीबारे सरकारी निकायको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन। एमालेले यस विषयलाई राजनीतिक प्रतिशोधको रूपमा चित्रण गर्दै आन्दोलनका कार्यक्रमसमेत घोषणा गर्न सक्ने संकेत दिएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ५६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा