विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल « Khabarhub

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही, प्रतिशोधपूर्ण र राजनीतिक उद्देश्यबाट प्रेरित कदमको संज्ञा दिएका छन् ।

पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कुनै पनि व्यक्तिमाथि कारबाही अघि निष्पक्ष अनुसन्धान, तथ्य तथा प्रमाण संकलन र कानुनी प्रक्रिया पूरा हुनुपर्ने लोकतान्त्रिक मान्यताको विपरीत पौडेललाई नियन्त्रणमा लिइएको बताएका छन् ।

पोखरेलका अनुसार पौडेल पार्टीको कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियोजित ढंगले पक्राउ गरिएको हो । उनले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले केही समयअघि फोनमार्फत भोलिपल्ट काठमाडौं आएपछि सम्पर्क गर्न अनुरोध गरेको र त्यसको केही समयमै सुर्खेत प्रहरीलाई नियन्त्रणमा लिन पत्राचार गरिएको दाबी गरेका छन् ।

उनले उक्त घटनाक्रमले राज्यका अनुसन्धान निकायहरू स्वतन्त्र रूपमा नभई ‘अदृश्य शक्तिकेन्द्र’को प्रभावमा सञ्चालन भइरहेको आशंका पैदा गरेको बताएका छन्। राज्यका निकायहरू निष्पक्ष, स्वतन्त्र र कानुनसम्मत ढंगले सञ्चालन हुनुपर्नेमा राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताको प्रभावमा निर्णय लिन नहुने उनको भनाइ छ ।

महासचिव पोखरेलले अनुसन्धान र अभियोजनको प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालना गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्दै कसैलाई सिध्याउने वा रिसइबी साँध्ने माध्यमका रूपमा प्रयोग गर्न नहुने बताएका छन् ।

एमालेले आफू न्यायपूर्ण समाज र निष्पक्ष न्याय प्रणालीको पक्षमा रहेको बताउँदै कसैलाई पनि पूर्वाग्रहको सिकार बनाइनु नहुने र वास्तविक दोषी कानुनी दायराबाट उम्कन नपाउने वातावरण सुनिश्चित हुनुपर्ने धारणा राखेको छ ।

पोखरेलले उपाध्यक्ष पौडेलको गिरफ्तारी उक्त मान्यता विपरीत देखिएको दाबी गर्दै यसलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् । उनले सरकारको निर्देशनमा सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले यस्तो कार्य भएको आरोप समेत लगाएका छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : ०१ बजे

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको