लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई « Khabarhub

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई यति बेला कृषि क्षेत्रमा एक उदाहरणीय व्यक्तित्वका रूपमा चिनिन थालेका छन् ।

जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएका उहाँले व्यावसायिक लिची खेतीमार्फत मनग्य आम्दानी गरिरहेका हुन् । परम्परागत खेती प्रणालीलाई आधुनिक सोच र व्यवस्थापनसँग जोड्दै उहाँले गाउँमा बसेर सफल कृषि उद्यम सम्भव छ भन्ने सन्देश दिएका छन् ।

करिब १५ वर्षअघि सामान्य रूपमा सुरु गरिएको उहाँको खेती अहिले व्यवस्थित बगैँचामा रूपान्तरण भएको छ । हाल राईले करिब १० रोपनी क्षेत्रफलमा लिची र आँपको बगैँचा विस्तार गरेका छन् ।

बगैँचामा करिब ८० वटा लिचीका बोट रहेका राईले जानकारी दिए । ती बोटले पहिल्ला वर्षहरूमा मनग्य उत्पादन दिन थालेका उनले बताए। एउटा बोटबाट मात्रै वार्षिक करिब रु दुई लाखसम्म आम्दानी भइरहेको उनले जानकारी दिए । यसवर्ष पनि अनुकूल मौसमका कारण उत्पादन राम्रो भएको भन्दै बजारमा बिक्रीका लागि तयारी भइरहेको उनले उल्लेख गरे ।

आँप र लिची खरिद गर्न ठेकेदार बगैँचामै पुग्ने गरेका छन् । जसले गर्दा उत्पादन बिक्रीका लागि बजार धाउनुपर्ने झन्झट छैन । यसले समय र लागत दुवै बचत भएको राईको अनुभव छ ।

लिची र आँपमा मात्र सीमित नरही राईले बहुआयामिक खेती प्रणाली अपनाउनुभएको छ । उहाँले थप १५ रोपनी क्षेत्रफलमा कागतीखेती विस्तार गरेका छन् । मौसमी फलफूलसँगै वहुवर्षीय बोटबिरुवाको संयोजनले उहाँको कृषि व्यवसायलाई अझ दिगो र जोखिम न्यूनीकरणतर्फ उन्मुख बनाएको उनको भनाइ छ ।

जनप्रतिनिधिको जिम्मेवारी सम्हालेर बचेको व्यस्त समयबीच पनि कृषिलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको राईले बताए । ‘काम गर्ने इच्छाशक्ति भए समय निकाल्न सकिन्छ’, उनले भने, ‘फलफूलका लागि अन्य बालीको जस्तो धेरै समय पनि दिन पर्दैन ।’

कृषिलाई केवल जीविकोपार्जनको माध्यम मात्र नभई व्यवसायका रूपमा स्थापित गर्न सकेमा प्रशस्त आम्दानीको सोत बन्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : ३७ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि