अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ? « Khabarhub

अमेरिका-साउदीले गरे आणविक सम्झौता: ऊर्जा सहकार्य कि नयाँ सुरक्षा जोखिम ?


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिका र साउदी अरेबियाबीच एक महत्त्वपूर्ण परमाणु सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौतालाई अमेरिकाले शान्तिपूर्ण परमाणु सहयोगको दिशामा ठूलो कदम भनेको छ भने अर्कातिर यसले मध्यपूर्वमा आणविक प्रतिस्पर्धा बढाउन सक्ने भन्दै कडा आलोचना पनि सुरु भएको छ।

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार “शान्तिपूर्ण आणविक सहयोग सम्झौता” ले अमेरिकी कम्पनीलाई साउदी अरेबियाको परमाणु ऊर्जा कार्यक्रममा फराकिलो पहुँच प्रदान गर्नेछ। लामो समयदेखि अमेरिकी आणविक प्रविधि प्राप्त गर्न चाहिरहेको साउदी अरेबियाका लागि यो सम्झौतालाई ठूलो कूटनीतिक र प्राविधिक जितका रूपमा हेरिएको छ।

सम्झौताको विस्तृत विवरण आउन बाँकी नै भए पनि यसले साउदी अरेबियालाई युरेनियम प्रशोधन (इनरिचमेन्ट) गर्ने अनुमति दिन सक्ने अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। सुरक्षा विश्लेषकका अनुसार साउदीले आफ्नै युरेनियम प्रशोधन सुरु गरेमा यसले इरानका कट्टरपन्थीलाई गोप्य रूपमा परमाणु बम बनाउने होडमा लाग्न उक्साउने खतरा रहन्छ। यद्यपि, अमेरिकी ऊर्जा मन्त्रीले यो सम्झौताले परमाणु सुरक्षाका “उच्चतम मापदण्ड” हरू पालन गरेको दाबी गरेका छन्।

वर्षौंदेखि रोकिएको द्विपक्षीय वार्ता पछि भएको यो सम्झौताको अमेरिकाभित्रै विरोध सुरु भएको छ। अमेरिकी कंग्रेसका वरिष्ठ सांसद जोन ग्यारामेन्डीले यस सम्झौतालाई “गम्भीर गल्ती” को संज्ञा दिएका छन्। ट्रम्प प्रशासनको आलोचना गर्दै उनले साउदी अरेबियाले परमाणु हतियार कार्यक्रम बनाउन सक्ने बाटो खुला छाडिएको टिप्पणी गरे।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ५ : ४४ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा