विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै « Khabarhub

विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेल आज आयोजक नेदरल्यान्डससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे सुरु हुनेछ ।

यो खेल नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ ।

विश्वकप लिग– को अर्को खेलमा जुलाई २७ मा नेपालले पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।

हालसम्म लिग–२ मा २९ खेलबाट २४ अंक जोडेको नेपाल अंक तालिकाको पाँचौँ स्थानमा छ । समान २९ खेल खेलेको नामिबियालेसमेत २४ अंक बनाएको छ । रनरेटका आधारमा नामिबिया तालिकाको छैटौँ स्थानमा छ । २८ खेल खेलेको नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

शीर्ष स्थानको अमेरिकाले ४३ र दोस्रो स्थानको स्कटल्यान्डले ३८ अंक जोड्दा ओमान ३१ अंकसहित चौथो स्थानमा छ । ओमानलाई पछाडि पार्न नेपालले अब कम्तिमा चार खेल जित्नुपर्छ । क्यानडा २४ अंकसहित सातौँ स्थानमा छ भने १४ अंक बनाएको युएई पुछारमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ६ : १५ बजे

आज देशभरको मौसम कस्तो रहला ?..

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६