लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन « Khabarhub

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । नीतिगत कमजोरी, निजी सेफ्टी ट्याङ्करको कमजोर नियमन तथा पर्याप्त लेदो सङ्कलन हुन नसक्दा केन्द्रहरू अपेक्षाअनुसार सञ्चालन हुन नसकेका हुन् ।

एसियाली विकास बैंक र बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोग तथा खानेपानी मन्त्रालय र स्थानीय तहको लागत साझेदारीमा सात वर्षअघि मेचीनगर–१४ दुहागढी र वडा नम्बर ७ भान्सा खोलामा प्रशोधन केन्द्र निर्माण गरिएको थियो ।

दुहागढीस्थित केन्द्रले दैनिक २७ घनमिटर र भान्सा खोलास्थित केन्द्रले दैनिक १२ घनमिटरसम्म दिसाजन्य लेदो प्रशोधन गर्नसक्ने क्षमता राख्छन् । प्रशोधनपछि लेदोलाई कम्पोस्ट मल र सुरक्षित पानीमा रूपान्तरण गर्ने उद्देश्य राखिएको छ ।

चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव प्रेमराज घिमिरेले आवश्यक पूर्वाधार, ट्याङ्कर र जनशक्ति भए पनि सबै लेदो प्रशोधन केन्द्रमै ल्याउने व्यवस्था नहुँदा केन्द्र सञ्चालनमा समस्या भएको बताए । उनका अनुसार सेवा शुल्कबाट उठ्ने आम्दानीले सञ्चालन खर्चसमेत धान्न सकेको छैन ।

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कार्यालय प्रमुख दीपकप्रसाद पोखरेलले पनि केन्द्र बन्द नभए पनि पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको र सञ्चालन खर्च आम्दानीभन्दा बढी रहेको जानकारी दिए ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले निजी सेफ्टी ट्याङ्करलाई अनिवार्य रूपमा नगरपालिकामा दर्ता गर्ने, जथाभाबी लेदो विसर्जन गर्नेलाई जरिवाना तथा कानुनी कारबाही गर्ने नीति ल्याइने बताए । उनका अनुसार नगरपालिकाले सरसफाइ तथा दिशाजन्य लेदो व्यवस्थापनसम्बन्धी ऐन र कार्यविधि कार्यान्वयन गर्दै प्रशोधन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरेको छ ।

सरसफाइ क्षेत्रका विज्ञहरूले सेप्टिक ट्याङ्कीबाट निस्कने दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन हुन नसके वातावरण प्रदूषणसँगै जनस्वास्थ्यमा समेत गम्भीर असर पर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ११ : २० बजे

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७

करेन्ट लागेका बालकलाई प्राधिकरणले दियो १५ लाख ७१ हजार क्षतिपूर्ति

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा

देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु

काठमाडौं– देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी

सांघाई एआई सम्मेलन : टेबल टेनिस खेल्नेदेखि चिया बनाउनेसम्म रोबोट आकर्षणको केन्द्र

सांघाई– चीनको पूर्वी सहर सांघाईमा २०२६ विश्व कृत्रिम बुद्धिमत्ता (एआई)