स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा « Khabarhub

स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयासमा रहेका तीन वटा तेल ट्यांकर इरानी नियन्त्रणमा


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इरानको इस्लामिक रिभोलुसन गार्ड कर्प्स (आइआरजिसी) ले तीन वटा तेल ट्यांकरहरूलाई स्ट्रेट अफ हर्मुजबाट जानबाट रोकेको उल्लेख गर्दै  यीनीहरु मध्ये एउटामा विस्फोट पछि आगलागी भएको जनाएको छ। 

अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका तीन वटा तेल ट्यांकरहरू स्ट्रेट अफ हर्मुजको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाइएको छ। 

इरानी मिडियाले उद्धृत गरेको विज्ञप्तिमा  संयुक्त राज्य अमेरिकाले सम्झौता नमानेर धोका दिएको र इरानको सहमति बिना जलमार्ग क्रस गर्न चाहने कुनै पनि जहाजले यस्तै अवस्था भोग्नु पर्ने उल्लेख गरिएको छ । 

अमेरिकी क्षेप्यास्त्रहरूले पश्चिमी इरानको अहवाज, रामसिर र एन्डिमेस्क सहरहरू, दक्षिणी इरानको बुशेहर आणविक उर्जा संयन्त्र नजिकैको पावर स्टेसन नजिकका स्थानहरूमा प्रहार गरेको र इराकी सिमानामा रहेको शालमचेह सहरमा दुई जनाको मृत्यु भएको इरानी  मिडियाले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले आक्रमणको उद्देश्य क्षेत्रीय जलमार्ग पार गर्ने नागरिक नाविकहरू र व्यावसायिक जहाजहरूलाई धम्की दिने इरानको क्षमतालाई अझ कम गर्नु रहेको जनाइएको छ भने हाल दुवै पक्षले स्ट्रेट अफ हर्मुजको नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  यस अघि संयुक्त राज्य अमेरिकाले पुल वा पावर प्लान्टहरुमा बम विस्पोट गरी नष्ट गर्ने बताएका थिए ।  

सोहि विषयमा इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत इरानले आत्म रक्षा सिद्धान्त अपनाउने र आफ्नो पूर्वाधारसहित इरान विरुद्धको कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाफ दिन बाध्य हुने बताएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १२ : ३५ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा