युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो « Khabarhub

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता रोकिएको छ।

अमेरिकी सिनेटर डिक डर्बिनले ह्वाइट हाउसले युक्रेनका लागि कंग्रेसबाट स्वीकृत ४० करोड अमेरिकी डलर बराबरको सैन्य सहायता रोकिएको बताएका छन्।

बुधबार सिनेटको सुनुवाइका क्रममा उनले जनवरीमा स्वीकृत उक्त सहायता कम्तीमा सन् २०२९ सम्म उपलब्ध नहुने जानकारी प्रशासनले दिएको दाबी गरे।

यो रकम ‘युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ’ (युएसएआई) अन्तर्गत प्रशिक्षण, सैन्य सामग्री र परामर्श सहयोगका लागि छुट्याइएको हो।

डर्बिनका अनुसार सहायता प्याकेज अझै युक्रेन पुगेको छैन। उनले यस विषयमा अमेरिकी संयुक्त सैन्य प्रमुख जनरल ड्यान केनसँग प्रश्न गरेका थिए। केनले भने आफूलाई यसबारे जानकारी नभएको भन्दै नागरिक नेतृत्वसँग सोध्न सुझाव दिएका थिए।

ह्वाइट हाउसले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले युक्रेनका लागि छुट्याइएको केही रकम इरानसँगको युद्धपछि अमेरिकी सैन्य भण्डार पुनः भर्न प्रयोग गर्न सकिने सम्भावनाबारे समाचार प्रकाशित गरेका थिए।

राष्ट्रपति ट्रम्पले भने युक्रेनलाई दिइने भविष्यका सैन्य सहायता युरोपेली सहयोगीहरूले नै व्यहोर्नुपर्ने धारणा राख्दै आएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने हतियार आपूर्तिमा ढिलाइ र अभावका कारण युद्धमैदानमा कठिनाइ बढेको भन्दै पश्चिमी सहयोगीहरूको आलोचना गर्दै आएका छन्। उता रूसले विदेशी सैन्य सहयोगले युद्ध लम्ब्याउने बाहेक आफ्नो सैन्य लक्ष्य रोक्न नसक्ने दाबी गर्दै आएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : ४२ बजे

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि

गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रस्ताव तथा

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, सार्वजनिक यातायातमा ‘मेकानिकल टेस्ट रिपोर्ट’ अनिवार्य

काठमाडौं– बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वको सुरक्षा व्यवस्थालाई भरपर्दो

मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा, रवि लामिछानेले दिए बधाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व