मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट « Khabarhub

मिटर ब्याजसम्बन्धी उजुरी मेलपिमलापबाट फछर्यौट


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी परेका उजुरीमध्ये हालसम्म एक हजार १८७ वटा गुनासो मेलमिलाप विधिबाट फछर्यौट भएको छ ।

कूल दर्ता भएका पाँच हजार २५७ अभियोगमध्ये छलफल विधिबाट पीडितको पक्षमा सुनुवाइ भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले सहमति नभएका ९३ मुद्दा अदालतमा पञ्जिकरण गरिएको जानकारी दिए । 

छानबिनपछि सहमतिमा ३० करोड ८२ लाख ३७ हजार ९२ र २७ बिघा आठ कठ्ठा १८ धुर जग्गा फिर्ता भएको छ । थोरै रकम दिएको तर,  धेरै रकमको कपाली तमसुक गरिएकाले  दोब्बर तेब्बरसम्म चेक धितो राख्ने प्रवृत्ति रहेको छानबिनका क्रममा भेटिएको बताइन्छ ।
 
जनशक्तिको कमीले पहिले दर्ता भएका गुनासो टुङ्गो नलागेकाले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका उजुरीमा कारबाही प्रक्रिया अघि नबढेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  २ : ३६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया