काभा भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित « Khabarhub

काभा भलिबलमा नेपाल श्रीलङ्कासँग पराजित


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पुरुष सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ कै सेटमा पराजित भएको थियो । पकिस्तानको इस्लामावादस्थित लियाकत व्यायाम शालामा आज भएको उक्त प्रतियोगितामा श्रीलङ्कासँग नेपाल ३–२ को सेटमा पराजित भएको हो । श्रीलङ्काले आज पहिलो सेटमा २५–१८ को जित निकालेको थियो ।

त्यसपछि खेलको लगातार दुई सेट नेपालले आफ्नो पक्षमा पारयो । नेपाले दोस्रो सेट २५–२१ अङ्क र तेस्रो सेट २५–१९ अङ्कले जित्यो । श्रीलङ्काले चौथो सेट २५–२१ अंकले आफनो पक्षमा पार्‍यो ।

अन्तिम सेट पनि श्रीलंकाले १५–११ ले हराउदै जित हासिल गरयो । अब नेपालले आफ्नो तेस्रो खेलमा शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, काजकस्तान, श्रीलङ्का, बङ्गलादेश र उज्वेकिस्तान छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ३ : ०६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको