रिहा भएपछि पहिलो पटक पार्टीको मञ्चमा अध्यक्ष ओलीसँगै देखिए उपाध्यक्ष पौडेल « Khabarhub

रिहा भएपछि पहिलो पटक पार्टीको मञ्चमा अध्यक्ष ओलीसँगै देखिए उपाध्यक्ष पौडेल


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा गत साउन १ गते रिहा भएयता पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन्।

विशेष अदालतको आदेशपछि रिहा भएर राजनीतिक कार्यक्रममा नदेखिएका उनी एक सातापछि बिहीबार अध्यक्ष केपी शर्मा ओलीसँगै देखिएका हुन् ।

उनी उक्त मुद्दामा साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न विशेषको आदेशपछि २५ दिन लामो हिरासत बसाइबाट मुक्त भएका थिए ।

४८औँ पुष्पला स्मृति दिवसका अवसरमा काठमाडौँको बबरमहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनी अध्यक्ष ओलीसँगै मञ्च शेयर गरेर सहभागी भएका हुन्।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई गत असार ८ गते सुर्खेतबाट नियन्त्रणमा लिइएको थियो । उनी २५ दिन हिरासतमा बसेपछि अदालतको आदेशअनुसार रिहा भएका थिए।

विशेष अदालतले प्रारम्भिक रूपमा थुनामा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै उनलाई साधारण तारेखमा राखेर मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : ३५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल