नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट « Khabarhub

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट गुमाएको छ । खेलको २२ ओभर ४ बलमा दीपेन्द्रसिंह ऐरी आउट भए । आर्यन दत्ताको बलमा कट एण्ड बोल्ड हुनुअघि उनले ४२ बलमा २१ रन जोडे ।

यसअघि खेलको ११ ओभर ६ बलमा डा. इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि उनले १० बलमा चार रन जोडे । ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका थिए ।

उनले १२ बलमा तीन रन जोडे । ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर १ बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । २० बल खेलेका उनले केबल ९ रन जोडे ।

हाल क्रिजमा गुलशन झा र आरिफ शेख छन् ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, डा. इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ४ : ४१ बजे

आज देशभरको मौसम कस्तो रहला ?..

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६